९ मंसिर २०८३ बुधबार
image/svg+xml
समाज

लुम्बिनी विकास कोषमा आनीको नियुक्ति खारेज माग गर्दै रिट दर्ता

लुम्बिनी विकास कोषी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

उपाध्यक्ष डोल्माको नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत भएको भन्दै ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ ले रिट दायर गरेको हो।

डोल्माको नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा विधि र प्रक्रियाबाहिरबाट नियुक्त गरेको भन्दै अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट निवेदन दर्ता गराएका हुन्।

उनीहरुले डोल्माको नियुक्ति खारेज गर्न माग गरेका छन्। यस रिटको पेशी बुधबारलाई  तोकिएको छ। 

प्रकाशित: ८ मंसिर २०८३ १२:४५ मंगलबार