१ पुस २०८२ मंगलबार
image/svg+xml
शिक्षा

नास्टलाई प्रभावकारी बनाउन शिक्षामन्त्री पुनको पहल, एक साताभित्र सुझाव दिन निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले शिक्षा र नवप्रवर्तनको क्षेत्रमा महत्वपूर्ण निर्देशन दिएका छन्। मन्त्री पुनले बुधबार नास्टका प्रयोगशालाहरूको अवलोकन गर्दै बजेटको बाँडफाँटमा विषयमाप पनि उल्लेख गरेका छन्। उनले नास्टाको कुल बजेट ३७ करोड रहेकोमा २७ करोड रुपैयाँ प्रशासनिक खर्चमा र १० करोड रुपैयाँ मात्र अनुसन्धान र नवप्रवर्तनका लागि रहेको बताएका छन्। 

साथै प्रयोगशाला अवलोकनपछि ​मन्त्री पुनले नास्टमा कार्यरत कर्मचारीलाई त्यहाँ उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउन सकिन्छ भन्ने बारेमा यही साता भित्र सुझाव दिन निर्देशन दिएका छन्। त्यसैगरी मन्त्री पुनले ​शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा मन्त्री पुनले विभिन्न विषयहरूमा तत्काल कार्ययोजना बनाएर अगाडि बढ्न निर्देशन दिएका छन्। उनले विद्यालयमा ​शिक्षक दरबन्दी मिलान गर्नुपर्ने, ​विद्यार्थी संख्या न्यून रहेका विद्यालयहरूलाई मर्ज गर्ने कार्यविधि बनाउने, ​विद्यालयहरूमा योग्य र सक्षम प्रधानाध्यापकहरूको नियुक्ति गर्न कार्यविधि निर्माण गर्ने, ​अनलाइन सिकाईका लागि डिजिटल शैक्षिक सामग्रीहरूको निर्माणमा जोड दिन विशेष कार्यक्रम बनाउने लगाएतका विषय अगाडि बढाएका छन्।

मन्त्री पुनले बुधबार नै ​पाठ्यक्रम विकासको कामलाई अत्यन्त गम्भीरताका साथ लिन पनि निर्देशन दिएका छन्। उनले ​सामुदायिक र संस्थागत विद्यालयहरूको पाठ्यक्रम विकास गर्दा गम्भीर भएर काम गर्नुपर्ने, ​पाठ्यक्रमको परिमार्जन र अध्यावधिक समयमा गनुपर्ने, ​मातृभाषाको पाठ्यपुस्तकहरूको विकासमा सहयोग गनुपर्ने, ​पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास र संविधान सम्बन्धी ज्ञान दिने कुरालाई प्राथामिकतामा राखिनुपर्ने बताएका छन्।  

मन्त्री पुनले आगामी वर्षदेखि कक्षा ९ र १० मा १०० पुर्णाद्धकको कम्प्युटर विषय अनिवार्य गरिने भन्दै उक्त पाठ्यक्रम विकास गर्न समेत निर्देशन दिएका छन्।

प्रकाशित: २३ आश्विन २०८२ १२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App