२९ मंसिर २०८२ सोमबार
image/svg+xml
शिक्षा

अझै नियन्त्रणमा आएन हैजा: वीरगञ्जका विद्यालयमा थप तीन दिन बिदा

अस्पतालमा उपचाररत हैजा संक्रमित बिरामी

वीरगञ्ज महानगरपालिकाले हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय गरेको छ ।

महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले आज बसेको नगर प्रमुखस्तरीय बैठकको निर्णयानुसार भदौ ११ देखि १३ गते शुक्रबारसम्मका लागि बिदा दिइने बताए ।

त्यस अवधिमा महानगरअन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरिएको उनले जानकारी दिए ।

महानगरले बिदा अवधिमा शिक्षक तथा कर्मचारीहरूको टोली बनाई विद्यालय सेवा क्षेत्रभित्र रहेका समुदायमा हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यहरू सञ्चालन गर्न शिक्षक तथा कर्मचारीलाई परिचालन गर्न गराउन अनुरोध गरेको छ ।  

यसअघि आइतबार र सोमबार बिदा दिइएको थियो ।  

प्रकाशित: १० भाद्र २०८२ १८:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App