एसइई नतिजा प्रकाशनसँगै यतिबेला मुलुकभरका विद्यार्थी कक्षा ११ मा अध्ययन गर्ने तयारीमा छन्। कुन विषय पढ्ने र कुन शैक्षिका संस्था रोज्ने भन्ने अन्योल विद्यार्थीमा अझै कायमै देखिन्छ। अझ दूरदराजका विद्यार्थी त आफ्ना अभिभावकको आर्थिक पाटो केलाउँदै कलेज छान्नुपर्ने बाध्यतामा छन्।
तर उनीहरूका लागि थोरै भए पनि खुसीको खबर छ। ग्रामीण भेगबाट काठमाडौं आई कक्षा ११ मा अध्ययन गर्न चाहने एसइई उत्तीर्ण विद्यार्थीहरूका लागि काठमाडौं उपत्यकाका विभिन्न शैक्षिक संस्थाहरूले छात्रवृत्तिका थुप्रै अवसरहरू उपलब्ध रहेको बताएका छन्।
उत्कृष्टताको परम्परा मल्पी
सन् २००० मा स्थापना भएको मल्पी माविले आफ्नो स्थापनादेखि नै विद्यार्थी केन्द्रित शिक्षा प्रदान गर्दै आएको छ। यस अवधिमा मल्पी समूहको एक भागले शिक्षामा उत्कृष्टताका लागि प्रतिष्ठा कमाएको छ।
काठमाडौंको मुटु मानिने बालुवाटारको सुवर्ण मार्गस्थित उत्कृष्टताको केन्द्र बन्दै गएको छ। विगतमा यस शैक्षिक संस्थाले क्याम्ब्रिज कोर्सका ए–लेभलका विषयहरूमा वल्र्ड टपर र नेपाल टपर जनशक्ति सफलतापूर्वक उत्पादन गरेको छ। अहिले हामीले कक्षा ११ र १२ का लागि विज्ञान र व्यवस्थापनको कार्यक्रमसमेत सञ्चालन गर्न पाउँदा गर्व लागेको छ। विद्यार्थी भर्नाको तयारीमा छौं। मल्पीले विद्यार्थीहरूको सिकाइमा सकारात्मक प्रभाव पार्दै उत्कृष्ट वातावरण प्रदान गरिरहेको छ।
मल्पीमा प्रधानमन्त्री निवास, प्रहरी मुख्यालय, भैरवनाथ बटालियन र टी.यू. शिक्षण अस्पतालजस्ता धेरै प्रमुख सरकारी निकायहरू रहेको शान्त वातावरण छ। यी निकायहरू अप्रत्याशित प्रकोपहरूको समयमा प्रभावकारी हुन सक्छन्।
मल्पीले प्रदान गर्ने अन्य प्रमुख सुविधाहरूमा उच्च अनुभवी र योग्य शिक्षण संकायहरू, आधुनिक र परिष्कृत कक्षा कोठाहरू राम्रोसँग डिजाइन गरिएको र फराकिलो विज्ञान तथा कम्प्युटर प्रयोगशालाहरूले विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ।
यसैगरी होटल व्यवस्थापन पाठ्यक्रमको लागि होटल शंकरसँग सम्बन्ध, ई–पुस्तकालयको साथ आधुनिक सिकाइ स्रोत केन्द्र, असीमित इन्टरनेट पहुँच, सन्दर्भ सामग्रीहरूको विस्तृत चयनका साथै आकर्षक पुस्तकालय यसका सशक्त पक्ष हुन्।
यसैगरी बाहिरी र भित्री खेलकुद सुविधाहरू, अध्ययनको पाठ्यक्रमसँग सम्बन्धित नियमित अतिथि व्याख्यान र भ्रमणहरू मल्पीका विशेषता हुन्। नियमित शैक्षिक मूल्याङ्कन र अभिभावक शिक्षक बैठकहरू, यातायात सुविधाहरू, हबी क्लबहरू (कम्प्युटर, कला र फोटोग्राफी, खेलकुद, पत्रकारिता, गेभल आदि) पूर्ण सुविधाहरू सहितको कला कोठा, उत्कृष्ट क्यान्टिन मल्पीको शैक्षिक गुणस्तर अभिवृद्धिका आधार हुन्।
यी सुविधाहरूका अतिरिक्त, आकर्षक, आधुनिक र कार्यात्मक कक्षा कोठा र प्रयोगशालाहरू पनि छन्। यहाँ छनोट गरिएका शैक्षिक कार्यक्रम शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डमा दर्ता गरिएको छ। यहाँ दिइने डिग्री विश्वभरका विश्वविद्यालयहरूले मान्यता दिएका छन्।
कक्षा ११ मा संचालित कार्यक्रममा सामेल हुन चाहने विद्यार्थीहरूले भर्नाको समयमा एसइई वा सोसरह उत्तीर्ण गरेको हुनुपर्छ।
छात्रवृत्ति
माल्पीले शैक्षिक उत्कृष्टता देखाउने विद्यार्थीलाई आर्थिक सहायता प्रदान गर्ने गरेको छ। यस्तो छात्रवृत्ति प्रदान गर्ने आधार कलेजको मापदण्ड अनुसार कडाइका साथ लागू हुन्छ। यसका लागि योग्य विद्यार्थीहरूको छनोट गरिन्छ।
भर्ना
मल्पी एक सह–शिक्षा संस्था हो। यहाँ छात्र र छात्राहरूको अनुपात लगभग उही स्तरमा हुन्छ। सम्भावित विद्यार्थीहरूले माल्पीको वेबसाइटबाट फारमहरू डाउनलोड गरेर प्रवेश परीक्षामा बस्नुपर्ने हुन्छ। भर्ना प्रक्रियाहरू साउनको दोस्रो हप्तासम्म पूरा हुन्छन्। त्यसपछि परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरूको अन्तर्वार्ता लिइनेछ। अन्तर्वार्तापछि विद्यार्थी छनोटबारे जानकारी दिइन्छ। अन्तर्वार्ताको लागि अभिभावकहरूसमेत उपस्थित हुनुपर्छ।
कोर्स
कक्षा ११ का कार्यक्रम दुई वर्षको कोर्स हो। यी दुई वर्षमा विद्यार्थीहरूलाई शैक्षिक रूपमा राम्रो प्रदर्शन गर्न प्रोत्साहित गरिन्छ। प्रथम वर्षका विद्यार्थीहरूको कक्षा साउन दोस्रो हप्ताबाट सुरु हुन्छन्।
अभियान
मल्पीले विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न एक आदर्श वातावरण प्रदान गर्दछ। नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्ने एक मात्र उद्देश्य यसका प्रवद्र्धकहरूको छ। यस क्याम्पसका प्रवद्र्धकहरू बहु–जातीय शिक्षकहरू, व्यावसायिक व्यक्तिहरू र पेशेवरहरूको समूहका छन्। प्रवद्र्धकहरू समान विचारधारा भएका र नेपालमा शिक्षाको गुणस्तर बढाउन प्रतिबद्ध छन्।
यो पनि पढ्नुहोस्
हाम्रा बारेमा राम्रोसँग बुझ्न हाम्रो क्याम्पसमा भ्रमण गर्नुहोस्। माल्पीले विद्यार्थीहरूलाई के प्रस्ताव गर्छ भनेर हेर्न हामी तपाईंलाई आमन्त्रित गर्दछौं।
इच्छुक विद्यार्थीहरू र अभिभावकहरूले प्रबन्ध निर्देशक अभिषेक रायमाझी वा मल्पी प्लस टु का कार्यक्रम संयोजक कृष्ण भट्टलाई सम्पर्क गर्न सक्छन्।
- रायमाझी, मल्पी समूहका प्रबन्ध निर्देशक हुन्।
मनास्लुमा उत्कृष्ट नतिजा र जिन्दगीको परीक्षा उत्तीर्ण गर्ने शिक्षा
एसइई उत्तीर्णपछि विद्यार्थीहरू यतिबेला कुन शैक्षिक संस्था छनोट गर्ने भन्ने दुविधामा छन्। आफूले रुचाएको विषयअनुसार कक्षा ११ मा पढाइने शैक्षिक संस्था छनोट गर्ने भनेर दुविधामा रहेका विद्यार्थीका लागि शैक्षिक क्षेत्रमा नयाँ उचाइ बनाउन सफल छ, मनास्लु वल्र्ड कलेज।
काठमाडौंको चुच्चेपाटीमा अवस्थित यस कलेज काठमाडौं उपत्यकाको उत्कृष्ट कलेजको सूचीमा पर्न सफल छ। बौद्धिक शैक्षिक जनशक्तिको समूह, कुशल प्रशासक, कलेजप्रति विद्यार्थी र अभिभावकले गरेको विश्वास, माया र साथले गुणस्तरीय शिक्षा प्रदान गरेका कारण मनास्लु कलेज उत्कृष्ट कलेजमा पर्ने गरेको छ।
एसइईपश्चात् मनास्लु नै रोज्ने विद्यार्थीले अन्य कलेजको हामी कहाँ फरक शिक्षण सिकाइ पाउँछन्। शिक्षा भनेको किताबी ज्ञानको परीक्षा मात्र होइन। सुँगा रटाईको तरिकाले किताब घोकाएर परीक्षामा उत्कृष्ट नतिजा ल्याउने कलेजहरूको होडबाजी छ।
विद्यार्थीले परीक्षाको आधारमा प्राप्त गरेको प्राप्ताङ्कले मात्रै उसको सम्पूर्ण भविष्य निर्माण हुन्छ भन्ने छैन। हामीकहाँ उत्कृष्ट नतिजासँगै जिन्दगीको परीक्षा उत्तीर्ण गर्ने शिक्षा प्रदान भइरहेको छ। मनास्लुले अहिलेको परिवेशमा विद्यार्थीलाई आवश्यक पर्ने विभिन्न प्रविधिका तालिम तथा सीप विकास गरेको छ। यहाँ पढेको विद्यार्थी हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने भएका छन्। यसैमा कलेजले जोड दिएको छ।
यति मात्र होइन, हामीले यहाँ भर्ना भएर अध्ययन गर्ने विद्यार्थीलाई विभिन्न विधामा छात्रवृत्ति उपलब्ध गराउँदै आएका छौँ। छात्रवृत्तिका लागि कलेजले विद्यार्थीको क्षमता परीक्षण गरी विभिन्न छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ।
काठमाडौं महानगरपालिकाले लिने छात्रवृत्ति परीक्षा, दुर्गम विकटका विद्यालयमा पढेर आएका विद्यार्थी, छात्रवृत्तिका लागि कोटामा परेका विद्यार्थीको हकमा सम्बन्धित संस्था वा पालिकाको सिफारिसपत्रको आधारमा विभिन्न विद्यामा छात्रवृत्ति तथा छुट दिने गरेका छौं।
मेरिटका आधारमा छात्रवृत्ति, जिपिएका आधारमा मनास्लु वल्र्ड कलेज गोल्डन छात्रवृत्ति स्किम, इन्ट्रान्स टपर छात्रवृत्ति, स्कुल टपर छात्रवृत्ति, शहीद परिवार विशेष छात्रवृत्ति, विद्यार्थीको विशेष क्षमता तथा दक्षतामा आधारमा छात्रवृत्ति, आर्थिक रूपमा विपिन्न विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था छ।
अधिकांश कलेजले कक्षा ११ र १२ पढाई सकेपछि आफ्नो शैक्षिक जिम्मेवारी सकिएको महसूस गर्छन्। हामी भने ११ र १२ कक्षा २ वर्षको पढाइमा मात्र ध्यान दिँदैनौं। हाम्रो ध्यान भनेको उनीहरूको भविष्य निर्माणमा निरन्तर रहिरहनेछ। जीवनभर नै जोडिएर विद्यार्थीको सुनौलो भविष्यका लागि कलेजले टिमवर्क गर्दै आइरहेको छ। परिवारसँग जोडिएर विद्यार्थीको उज्ज्वल भविष्य बनाउन विभिन्न भूमिका निर्वाह गर्दै आएको छ।
- श्रेष्ठ मनास्लु वर्ल्ड कलेजका प्रबन्ध निर्देशक हुन्।
विद्यार्थीको चौतर्फी क्षमता विकासमा पिनाकल
समयसापेक्ष दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले २०५५ सालमा ललितपुरको लगनखेलमा स्थापित पिनाकल एकेडेमीले स्थापनायता पटक पटक बोर्ड परीक्षामा प्रथम स्थानसहित उत्कृष्ट नतिजा हासिल गर्दै अब्बल शिक्षण संस्थाको पहिचान बनाउन सफल भएको छ।
पिनाकल एकेडेमीबाट पास आउट भएर विभिन्न क्षेत्रमा सफलता हासिल गरिसकेका विद्यार्थीहरू यस संस्थाको गुणस्तरीयताको ज्वलन्त उदाहरण हुन्।
पिनाकल एकेडेमीले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानून विषयको पठनपाठन गराउँदै आएको छ। स्नातक तहमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिबिएम, बिबिएस र बिएस्सी माइक्रो बायोलजी तथा सिटिइभिटीबाट सम्बन्धन लिएर डिप्लोमा फार्मेसीका शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
समय र समाजको मागमा आधारित सक्षम जनशक्ति उत्पादनका लागि स्कुल तहको आधारभूत शिक्षापछि महत्वपूर्ण खुड्किलो कक्षा ११ नै हो। राज्यले निर्धारण गरेको पाठ्यक्रममा आधारित भई प्रभावकारी शिक्षण पद्धति अपनाउँदै यस एकेडेमीले विद्यार्थीलाई सिकाउनेभन्दा पनि बुझाउने शिक्षण संस्कार स्थापित गरेको छ।
दक्ष तथा अनुभवी सञ्चालक, चुस्त व्यवस्थापन, अनुभवी तथा उत्प्रेरक शिक्षक समूह, उपयुक्त शुल्क, सुरक्षित र आधुनिक भवन, अत्याधुनिक साइन्स ल्याब र पुस्तकालय, खेलकुद, होस्टेलसहित सम्पूर्ण भौतिक पूर्वाधारहरूको उपलब्धता हाम्रो विशेषता हुन्। सबै तिरबाट आउन सहज स्थान र विद्यार्थीमैत्री शैक्षिक वातावरण नै पिनाकल एकेडेमीको निरन्तर सफलताका मुख्य आधार हुन्। यस कारण पिनाकल एकेडेमी अभिभावक र विद्यार्थीहरूको पहिलो रोजाइमा परेको छ।
यो पनि पढ्नुहोस्
पिनाकल एकेडेमी छनोट गर्ने विद्यार्थीहरूले यहाँबाट गुणस्तरीय शिक्षा, क्षमता विकास, मार्गदर्शन र उत्प्रेरणा पाएकोमा आफ्नो भविष्य उज्ज्वल हुन्छ भन्नेमा निकै आशावादी छन्।
यस नयाँ शैक्षिक सत्रदेखि पिनाकल एकेडेमीले नयाँ भवनबाट अध्ययन–अध्यापन प्रारम्भ गरेको छ। शान्त वातावरणमा शिक्षण संस्थाकै प्रयोजनका लागि निर्मित यस नयाँ भवनमा अत्याधुनिक साइन्स ल्याबहरू, कम्प्युटर ल्याब, लाइब्रेरी, अडियो भिजुअल प्रिजेन्टेसन रुम, खेलमैदान, क्यान्टिन, होस्टल लगायतका आवश्यक सम्पूर्ण सुविधाका कारण विद्यार्थीहरूले अझ सहज रूपमा अध्ययन गर्न सक्ने वातावरण छ।
विद्यार्थीहरूको स्वास्थ्य , स्फूर्ति र खेल क्षेत्रमै भविष्य निर्माणका लागि यस एकेडेमीले नियमित रूपमा विभिन्न खेलकुदका कार्यक्रमहरू आयोजना गर्दै आएको छ। विशेष गरी फुटबल खेलमा अब्बल रहेको पिनाकल एकेडेमीबाट धेरै राष्ट्रिय खेलाडीहरू उत्पादन भइसकेका छन्।
हालै एसइईमा शिवपुरी माविबाट चार जिपिए ल्याएकी धादिङकी प्रजा समुदायकी सुविना प्रजालाई छात्राबासमा राखेर सम्पूर्ण खर्च व्यहोरिएको छ। उनलाई कक्षा ११ देखि स्नातकको इन्जिनियरिङ सम्मको पठनपाठनको जिम्मेवारी लिएको हामी सगर्व बताउन चाहन्छौं।
विद्यार्थीको चौतर्फी क्षमता विकासका लागि पिनाकल एकेडेमीले पावर प्वाइन्ट प्रिजेन्टेसन, अडियो भिजुअल प्रिजेन्टेसन, फिल्ड भिजिट, रिसर्च, टिम वर्कका कार्यक्रम, व्यक्तित्व तथा नेतृत्व विकास, कम्युनिकेसन स्किल, हाजिरी जवाफ तथा वादविवाद प्रतियोगिता, सृजनात्मक लेखन प्रतियोगिता, अन्तरक्रिया लगायत विभिन्न सफ्ट स्किलका कार्यक्रमहरू समेत संचालन गर्दै आएको छ। विज्ञानका विद्यार्थीका लागि कक्षा ११ देखि नै प्रिमेडिकल र प्रिइन्जिनियरिङका कक्षाहरू सञ्चालन हुने गरेका छन्।
- तिवारी पिनाकल एकेडेमीकाे फाउन्डर प्रिन्सिपल हुन्।
गुणस्तरीय शिक्षाका लागि नेपाल मेगा कलेज
विश्वव्यापीकरणको वर्तमान विश्व परिवेशमा उच्च दक्ष, सीपमूलक एवम् संस्कारयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यसाथ अनुभवी एवं विज्ञ शिक्षकहरूको सामूहिक प्रयत्नबाट स्थापित यस नेपाल मेगा कलेजले कक्षा ११ र १२ तर्फ विज्ञान, व्यवस्थापन र कानुनतर्फ स्नातक र स्नातकोत्तरतर्फ त्रिभुवन विश्वविद्यालयको बिबिए, बिबिएम, बिसिए, बिबिएस, बिएसडब्लु र एमबिएस कार्यक्रम सञ्चालन गर्दै आएको छ।
स्थापनाको छोटो समयभित्र उत्कृष्ट शैक्षिक क्रियाकलाप एवम् अतुलनीय शैक्षिक उपलब्धि हासिल गरी यस कलेजले छुट्टै पहिचान बनाउन सफल भएको छ। एमबिबिएस, बिई, बि फार्म, बिएससिसिएसआइटी जस्ता कार्यक्रमका लागि लिइने प्रवेश परीक्षाहरूमा विद्यार्थीहरूले प्राप्त गरेका उपलब्धिहरूले यस कलेजको प्राज्ञिक उत्कृष्टतालाई प्रतिविम्बित गरेको छ।
कलेजका विशेषताहरू
अनुभवी तथा दक्ष शिक्षकबाट पठनपाठन गराइन्छ। कक्षा ११ देखि नै मेडिकल र इन्जिनियरिङ्ग प्रवेश परीक्षाका लागि तयारी कक्षाहरू संचालन हुन्छ। यसैगरी सुविधा सम्पन्न प्रयोगशाला तथा अमेरिकी विश्वविद्यालयसँग सहकार्यमा भर्चुअल ल्याबको व्यवस्था हाम्रो अर्को विशेषता हो।
विद्यार्थीलाई अध्ययनकै क्रममा शैक्षिक भ्रमण एवम् अतिरिक्त शैक्षिक क्रियाकलापका लागि स्टुडेन्ड क्लबहरूको व्यवस्था गरिएको छ। यसले सिकाइलाई थप प्रभावकारी बनाएकोमा हामी गर्व गर्छौं। कलेजले नेपाल सरकारको १० प्रतिशत छात्रवृत्तिका साथै दुर्गम र जेहेन्दार विद्यार्थीलाई कलेजको आन्तरिक छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। पायक पर्ने लोकेसनमा स्थित हाम्रो कलेजले सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिइरहेको छ।
- खनाल नेपाल मेगा कलेजका अध्यक्ष हुन्।
प्रकाशित: ३० असार २०८२ १०:२२ सोमबार





