७ माघ २०८२ बुधबार
image/svg+xml
शिक्षा

शिक्षामा फट्को मार्दै मौलापुर

नेकपा एमाले स्थायी समिति सदस्य तथा पूर्वमन्त्री प्रभु साहले रौतहटको मौलापुर नगरपालिका १ मर्यादपुरमा श्री माध्यमिक विद्यालय उद्घाटन गरेका छन्। नगरपालिकाले किनेको एक बिघा ३ कट्ठा जमिनमा कम्पाउन्ड वाल र दुईवटा भवन निर्माणसमेत गरी करिब पौने ६ करोडको लागतमा निर्माण भएको माध्यमिक विद्यालयको पूर्वमन्त्री साहले उद्घाटन गरेका हुन्।

जिल्लाको सबैभन्दा बढी शिक्षामा लगानी मौलापुर नगरपालिकाले गरेकोमा पूर्वमन्त्री साहले नगरपालिकाको खुब प्रशंसा गरेका छन्। प्राथमिक विद्यालय पनि नभएको र ऐलानी जमिन पनि नभएको गाउँमा सडकछेउमा पर्याप्त जमिन किनेर एकैचोटि माध्यमिक विद्यालय निर्माण गरी सञ्चालन गर्ने मौलापुर नगरपालिका मात्रै हुनुपर्छ।

पूर्वमन्त्री साहले छात्रालाई साइकल प्रदान गर्ने, उच्च शिक्षा अध्ययनरत छात्रालाई ल्यापटप प्रदान गर्ने, साक्षरता शिक्षा अभियान सञ्चालन गर्ने, नगरपालिकाको स्रोतमा शिक्षक दरबन्दी सिर्जना गरी करिब तीन दर्जन शिक्षक नियुक्ति गर्ने तथा नगरपालिकाको स्रोतबाट चारवटा माध्यमिक विद्यालय सञ्चालन गर्ने, बहुप्राविधिक शिक्षा सञ्चालन गर्नेजस्तो शिक्षामा अपूर्व काम मौलापुर नगरपालिकाले गरेकोमा नगर प्रमुख रिनाकुमारी साह नगरपालिकाको नेतृत्वलाई प्रशंसा गरेका छन्। शिक्षालाई जीवनको आधार मान्ने पूर्वमन्त्री साहले गुणस्तरीय शिक्षा प्रदान गर्न नगरपालिकाले अहोरात्र काम गरिरहेको पनि बताएका छन्।

कार्यक्रमका वक्ताहरूले मौलापुर नगरपालिकाको शिक्षा क्षेत्रमा गरेको लगानीको खुब प्रशंसा गरेका थिए। गाउँमा विद्यालयको स्थापना भएपछि गाउँले निकै खुसी भएका छन्। नगरपालिकाले आधुनिक दुईवटा भवन निर्माण टेन्डर प्रक्रियाद्वारा गरेको थियो।

प्रकाशित: २१ असार २०७९ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App