१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

भक्तपुरका स-साना बालबालिकाहरु पुरस्कृत

भक्तपुर नगरपालिका वडा नं ८ लिवालिस्थित मर्निङ ग्लोरी किन्डरगार्टनका ससाना बालबालिकाहरु पुरस्कृत भएका छन्। भक्तपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष महेन्द्र खायमलीले शनिबार एक भव्य समारोहवीच उनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे। किन्डरगार्टनले गरेको विभिन्न प्रस्तुतिहरुमा उत्कृष्ट तथा सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो। साथसाथै बालबालिकाहरुलाई दिक्षित पनि पनि गरियो।  

कार्यक्रममा ब्राइट स्किल एजुकेशन सेन्टर कमलविनायककी चिफ ट्रेनर देभन जोशी, भक्तपुर नगरपालिका वडा नं ८ का वडा सदस्य कृष्णगोपाल छुस्याबाग, पारेन्स टिचर्स एसोसिएसनका अध्यक्ष नारायणप्रसाद मचामसी, किन्डरगार्टन व्यवस्थापन समितिका अध्यक्ष कमिनिका न्चाइच्याई, किन्डरगार्टनका डेपुटी गभर्नर जगतनारायण ग्वाछा, किन्डरगार्टनका सचिव सुन्दर श्रेष्ठ, प्रिन्सिपल स्वर्णीमा मुललगायतले बालबालिकाको शिक्षाकोबारेचमा चर्चा गरे।

प्रकाशित: १० वैशाख २०७९ १४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App