३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
शिक्षा

आधारभूत तह कक्षा ८ उत्तीर्ण परीक्षा सुरू

भक्तपुरमा आधारभूत तह कक्षा ८ उत्तीर्ण परीक्षा २०७८ बुधबारबाट सुरू भएको छ। २०७४ सालदेखि स्थानीय निकायबाट सञ्चालन भएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सुरु भएको हो। यसरी परीक्षा सुरु भएको यसवर्ष पाँचौं पटकको रहेको जनाइएको छ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ती स्कुलहरुमा परीक्षा सुरु भएको हो। भक्तपुर नगरपालिका नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यका अनुसार परीक्षामा जम्मा परिक्षार्थी संख्या दुई हजार पाँंच सय ८१ रहेका छन्।

सामुदायिक विद्यालयबाट सहभागी संख्या सात सय ८६ र संस्थागत विद्यालयबाट सहभागी संख्या एक हजार सात सय ९५ रहेको जनाइएको छ। संस्थागत विद्यालय संख्या ४८ र परीक्षा केन्द्रको संख्या १२ रहेका छन्।

यसैगरी आजदेखि नै कक्षा ५ को वार्षिक परीक्षा पनि भक्तपुर नगरपालिकाबाट सञ्चालन भएको छ। कक्षा ५ को वार्षिक परीक्षा यस वर्षदेखि मात्र नगरपालिकाले सञ्चालन गरेको जनाइएको छ। यसमा जम्मा ७९ वटा विद्यालयबाट दुई हजार दुई सय २६ जना परीक्षार्थीहरू परीक्षामा सहभागी रहेका छन्। परीक्षा वैशाख १५ गतेसम्म परीक्षा सञ्चालन हुनेछ।

प्रकाशित: ७ वैशाख २०७९ ११:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App