coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

महिनादिनदेखि बादी बालबालिका पढाईबाट बञ्चित

विभिन्न जिल्लाबाट आएका ८० जना बालबालिकाहरुलाई न्यानो कपडा र खाद्यान्न सहयोग गर्दै तरुण दल सुर्खेत। तस्बिरः गोविन्द/नागरिक

विभिन्न जिल्लाबाट अध्ययनका लागि सुर्खेतमा आएका बादी बालबालिकाहरु महिनादिनदेखि विद्यालय जान बञ्चित भएका छन्। कर्णाली प्रदेश सरकारले बादी बालबालिकाको अध्ययनका लागि सहयोग गर्ने बचन गरेर बेवास्ता गर्दा बादी बालबालिकाहरु बढ्नबाट बञ्चित भएका हुन्।

सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१० मा दुई वटा भवनमा बादी बालबालिका पढाईका लागि बस्दै आएका छन्। दैलेख, सुर्खेत, जाजरकोटबाट आएका ८० जना बादी बालबालिकाहरु एक महिनादेखि होस्टेलमै बसेका छन्। उनीहरुलाई विद्यालय पढाउन कुनै पहल नभएको बादी अगुवा तथा बादी सरोकार मञ्च नेपालका अध्यक्ष हिक्मत बादीले बताए।

कर्णाली प्रदेश सरकारबाट मुख्यमन्त्रीले बादी समुदायसँग गरेको सम्झौता अनुसार बादी समुदायका बालबालिकाको पढाईमा सहयोग गर्ने उल्लेख भएपनि अहिले पढाई खर्च नदिँदा सुर्खेत आएका बालबालिकाहरु पढाईबाट बञ्चित भएका बादी अगुवा हिक्मत बादीले बताए। ‘एकीकृत रुपमा बादी बालबालिकाहरुलाई होस्टेलमा राखेर पढाउने कर्णाली प्रदेश सरकारसंग सहमति भएको थियो।’ अगुवा हिक्मत बादीले भने, सरकारले अहिले पढाउने वास्ता नै गर्दैन। सुर्खेत आएका बालबालिका अवस्था निकै कष्टकर भएको छ। आफूहरु सक्दो सहयोग गरेपनि अपुग रहेको छ।’

बादी सरोकार मञ्च नेपालले विभिन्न जिल्लाबाट आएका ८० जना बादी बालबालिकाहरुलाई विरेन्द्रनगरमा एउटा घर भाडामा लिएर राखेको छ। तर, उनीहरु पढाई हुन सकेको छैन। ‘विरेन्द्रनगरमा ८० जना बालबालिका आएपनि कहाँ पढ्ने एकीन भएको छैन।’ बादी सरोकार मञ्च नेपालका अध्यक्ष हिक्मत बादीले भने, पढाई हुने निश्चित छैन। सबैसँग सहयोग मागेर विहान साँझको खाना जोहो गरेका छौं।’ ६० हजार घर भाडामा बादी बालबालिका बस्ने घर  लिएको छ।

बालबालिकाहरुले चिसो सिजन सुरु हुँदा न्यानो कपाडा नहुँदा दुःख पाईरहेका छन्। आफ्नो स्थापना दिवशको अवसरमा तरुण दल सुर्खेतमा खाद्यान्न र न्यानो कपडा सहयोग गरेको थियो। ४० बादी बालबालिकाहरुलाई हिक्मत होस्टेल प्रालीले लव एण्ड होव नेपालको सहयोगमा होस्टेलमा बसालेर पढाएको छ। उनीहरुको सम्पूर्ण खर्च ब्यहोरेको छ। तर, पछिल्लो एक महिना अघि आएका बालबालिकाहरुको पढाई नहुँदा बिचल्लीमा रहेका छन्। कर्णाली प्रदेशमा सरकारी तथ्यांकमा ५ हजार ६ सय जनसंख्या रहेको छ।

प्रकाशित: १४ कार्तिक २०७८ ०८:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App