३ आश्विन २०८१ बिहीबार
image/svg+xml
शिक्षा

बालविकास शिक्षकको समेत सरुवा गर्न सुझाव

भक्तपुरका शिक्षकहरुले बालविकास शिक्षकको समेत सरुवा गर्न सुझाव दिएका छन्। नेपाल राष्ट्रिय शिक्षक संगठन चाँगुनारायण नगर समितिले शुक्रबार नगरपालिकालाई उक्त सुझाव दिएको हो।  

नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमाका लागि सुझाव माग गरेपछि शिक्षक संगठनले सो माग गरेको हो। लिखित रुपमा नगर प्रमुख सोम मिश्रलाई बुझाएको पत्रमा नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई बालविकास कक्षाहरु(नर्सरी, जेकेजी र एसकेजी) व्यवस्थित गर्न ३ लाखका दरले बजेट विनियोजन गर्न, दरबन्दी मिलानको कार्यलाई सहजतापूर्वक सम्पन्न गर्न उमेर भई पेन्सन भइका शिक्षकलाई विशेष प्याकेजको व्यवस्था गर्न र बालविकास कक्षामा भएका विद्यार्थी संख्यालाई आधार मानी बालविकास शिक्षकको समेत सरुवा गर्नुपर्ने सुझाव दिएको छ।

प्रकाशित: ४ असार २०७८ १४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App