८ वैशाख २०८१ शनिबार
शिक्षा

यी शहरी क्षेत्रका शैक्षिक संस्थाहरु बन्द हुँदै

सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि बैशाख मसान्तसम्म शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदले कोरोनाबाट अति प्रभावित भएका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा संचालित शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको हो।  

बैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द हुने शहरी क्षेत्रहरु काठमाडौं, ललितपुर, भक्तपुर, बिराटनगर, बिरगन्ज, भरतपुर, पोखरा, इटहरी, धरान, जनकपुर, बुटवल, घोराही, हेटौंडा, तुलसी, नेपालगन्ज, धन्गढी, मेचीनगर, बिर्तामोड, दमक, रानबिराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, बिरेन्द्रनगर, भीमदत्तनगर रहेका छन्।  

यी क्षेत्रमा संचालित सबै स्कुल, कलेज, कोचिङ सेन्टर, ट्रेनिङ सेन्टरलगायत सबै बन्द हुने भएका हुन्।

प्रकाशित: ६ वैशाख २०७८ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App