उपमहानगरभित्रका शैक्षिक संस्था बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय
कोरोना संक्रमणको अवस्था झन जटिल बन्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकाले बैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले यसअघि आइतबारबाट एक साताका लागि सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।
