१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

विकट गाउँको विद्यालयका १ सय २ विद्यार्थी ज्वरो र रुघाखोकीले बिरामी

जिल्लाको विगु गाउँपालिका ८, खोपाचागुस्थित हिमालय माविका १ सय २ जना विद्यनर्थी ज्वरो र रुघाखोकीले बिरामी परेका छन्।

जिल्लाको विकट उत्तरी गाउँको यो विद्यालयका १ सय २ जना विद्यार्थी र ६ शिक्षक सातायता ज्वरो रुघाखोकीबाट ग्रस्त बनेपछि स्थानीय प्रशासनले सबै विद्यार्थीको पूर्ण स्वास्थ्य जाँच गर्न र आवश्यक परे पिसिआर परीक्षण गर्न जिल्ला शिक्षा समन्वय ईकाई र गाउँपालिकामार्फत टोली खटाउने निर्णय गरेको छ।  

निमित्त प्रमुख जिल्ला अधिकारी बद्री तिवारीले विद्यार्थी र शिक्षक बिरामी परेपछि गाउँपालिका र जिल्ला शिक्षा समन्वय ईकाईसंग समन्वय भईरहेको जानकारी दिए।  

बिरामी परेका विद्यार्थीहरुलाई स्थानीय स्वास्थ्य कार्यकर्ता र विद्यालयमा कार्यरत नर्समार्फत घरमै आराम गर्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ। विद्यार्थीहरुको पूर्ण स्वास्थ्य जाँचपछि आवश्यक निर्णय लिइने तयारी रहेको गाउँपालिकाले जनाएको छ।

यो विद्यालयमा ३ सय ९३ विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित: २ वैशाख २०७८ १२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App