१ पुस २०८२ मंगलबार
image/svg+xml
शिक्षा

कर्णाली, दलित र सिमान्तीकृतलाई १२ सम्म निशुल्क पाठ्यपुस्तक

रुबी रौनियार, काठमाडौं असार २९- सरकारले आउने वर्षदेखि सामुदायिक विद्यालयमा पढ्ने कर्णाली दलित र सिमान्तकृत वर्गका बालबालिकालाई उच्च माध्यमिक तहसम्मको पाठ्यक्रम निःशूल्क गर्नेभएको छ । त्यसका निम्ति बजेटमा २ अर्व १४ करोड खर्च गरिने शिक्षा मंत्रालय योजना शाखाका उप सचिव दिपक शर्माले बताएका छन् । यस वर्षको बजेटमा शिक्षा मन्त्रालयलॆ ५६ अर्व निकासाको प्रस्ताव गरेको छ।
सरकारले ८ कक्षासम्म देशभरका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ । यसरी निःशुल्क घोषणा गरे पनि समयमा पाठ्यपुस्तक उपलब्ध गराउन भने उसले सकेको छैन । पोहर सालदेखि आठ कक्षालाई निःशुल्क पुस्तक दिएकै कारण समयमा पाठ्यपुस्तक मुलुकभरका विद्यालयमा पुग्न सकेको थिएन।


"गत वर्ष बजेटै अपर्याप्त हुँदा त्यसो भएको थियो," शिक्षा सचिव दीपेन्द्रविक्रम थापाले नागरिकलाई भने - "यस वर्ष पर्याप्त बजेटको प्रस्ताव गएकाले गत वर्षको कमीलाई समेत मेट्ने गरेर आगामी वर्षका लागि व्यवस्थापन गर्न सकिन्छ।" थापाका अनुसार पोहोर साल सरकारले एकदेखि आठ कक्षासम्मका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक दिन सरकारले केवल ९७ करोड छुट्याएको थियो।


"लोपोन्मुख र सिमान्त वर्गका तीन हजार पाँच सय विद्यार्थीले पनि यसको लाभ उठाउने छन्," उपसचिव शर्माले भने - "यसले उच्च माध्यमिक तहमा उनीहरुको पहुँचसमेत बढ्नेछ।"

प्रकाशित: २८ असार २०६६ २१:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App