काठमाडौं– चौथो मेगा अष्ट्रेलिया शैक्षिक मेला आगामी मंसिर ६ र ७ गते राजधानीमा हुने भएको छ।
नेपाली विद्यार्थीलाई अष्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रक्रिया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उद्देश्यसहित वानअप प्रालिले दरवारमार्गस्थित अन्नपूर्ण होटलमा मेला आयोजना गर्न लागेको हो।
मेलामा उत्कृष्ट कलेज र युनिभर्सिटी तथा कन्सल्टेन्सीहरु गरी ३० भन्दा बढी संस्थाहरु सहभागी हुनेछन्।
मेलामा विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिबाट छात्रवृत्ति, आइईएलटिएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङलाई प्रमुखताका साथ जानकारी गराइनेछ।
सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट अष्ट्रेलिया प्रस्तुतकर्ता रहेको यस फेयरमा विद्यार्थीले अष्ट्रेलियाका उत्कृष्ठ कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीबारे विस्तृत रुपमा जानकारी पाउन सक्ने आयोजकको विश्वास छ। फेयरमा विद्यार्थी तथा अभिभावकले निःशुल्क प्रवेश गर्न पाउनेछन्।
प्रकाशित: ३ मंसिर २०७५ १०:४८ सोमबार





