२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
शिक्षा

पोखराको मदरल्याण्ड माविका ११ जनाको ४ जिपिए

<br>

पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविका ११ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ को नतिजामा ४ जिपिए ल्याएका छन्। एसइईको नतिजा शुक्रबार बेलुकी प्रकाशित भएको थियो। मदरल्याण्डको यो नतिजा गण्डकी प्रदेशमै उत्कृष्ट रहेको विद्यालयको भनाई छ। अघिल्लो वर्ष मदरल्याण्डका १० जना विद्यार्थीले एसइईमा ४ जिपिए ल्याएका थिए।  

विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार यो वर्ष मदरल्याण्डबाट १६६ जना विद्यार्थीले एसइई दिएका थिए। ती मध्ये ११ जनाको जिपिए ४ आएको छ। बरालका अनुसार अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बन्जारा, ऋतिका यादव, ओशन त्रिपाठी, साक्षि भण्डारी, सभ्य मल्ल, र शास्वत रेग्मीले ४ जिपिए ल्याएका हुन्।  

बरालका अनुसार मदरल्याण्डका १८ जनाले ३.९६ जिपिए ल्याएका छन। ३.६ भन्दा माथी जिपिए ल्याउने विद्यार्थीको संख्या १३७ रहेको उनले बताए। ‘पोहोर १० जनाले जिपिए ४ ल्याएका थिए। पोहोर भन्दा पनि यो वर्ष झनै राम्रो नतिजा आएको छ,’ प्राचार्य बरालले भने, ‘सबैको मेहनतले नै यो सफलता हात परेको हो।’  

नतिजा उत्कृष्ट बनाउन विद्यालयले लामो समयदेखि मेहनत गरिरहेको उनले बताए। ‘उत्कृष्ट शैक्षिक नतिजाको पहिचानलाई निरन्तरता मात्र होइन अझ बढि मजबुद बनाउन आगामि दिनमा पनि यत्तिकै प्रयास गर्नका लागि हामीलाई प्रेरणा मिलेको छ,’ बरालले भने।  

विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले सबैको मेहनतले यो सफलता हात परेको बताए। ‘मदरल्याण्डको नतिजाले गण्डकी प्रदेशको शैक्षिक गुणस्तरको पहिचान अझै फराकिलो बनाएको छ,’ उनले भने, ‘गर्व गर्न लायक परिणाम ल्याउन सफल भएका छौं। आगामि वर्ष पनि यस्तै सफलता हात पार्न हामीलाई हौसला मिलेको छ।’ विद्यालयका अनुसार अहिले ४ जिपिए ल्याएका ११ जनामध्ये ८ जनाले कक्षा ८ को बिएलइ परीक्षामा पनि ४ जिपिए ल्याएर पोखरा महानगरबाट पुरस्कृत भएका थिए। त्यसबाहेक विद्यालयले राष्ट्रिय परीक्षा बोर्डले लिने १२ कक्षाको परीक्षाको नतिजामा समेत मदरल्याण्डले नै अघिल्ला वर्ष नेपाल टप गरेको थियो।

‘विद्यालयको गर्विलो शैक्षिक इतिहासलाई अझ सशक्त बनाउन विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको छ। अभिभावकको पनि यसमा भूमिका रहन्छ,’ उनले भने, ‘यसपटक मदरल्याण्डले शैक्षिक क्षेत्रमा इतिहास बनाएको छ।’  

प्रकाशित: १३ असार २०८२ २२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App