५ वैशाख २०८२ शुक्रबार
image/svg+xml ६:८ पूर्वाह्न
शिक्षा

ताप्लेजुङमा शिक्षक संगठनको सर्वसम्मत नेतृत्व चयन

नेपाल राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङको १४औं जिल्ला अधिवेशनले मदन सेन्दाङ अध्यक्ष रहेको कार्य समिति सर्वसम्मत चयन गरेको छ। अधिवेशनबाट उपाध्यक्ष (खुला) मा क्षितिजकुमार गौतम, उपाध्यक्ष (महिला) मा पूजा साम्सोहाङ, सचिवमा रुपेन्द्र वनेम, सहसचिवमा माया तामाङ, कोषाध्यक्षमा नरेन्द्रकुमार अधिकारी र सहकोषाध्यक्षमा सरला नेपाली चयन भएका छन्।

भूगोलबाट सदस्यमा पदम साँवा (मिक्वाखोला), राजन खड्का (सिदिङ्वा), रोहित बराल (पाथीभरा याङवरक), भीमप्रसाद अधिकारी (सिरिजङ्गा), इन्द्रप्रसाद गिरी (मेरिङदेन), सुरेश पुरी (आठराई त्रिबेणी), युद्धबहादुर पौडेल (फुङलिङ नगरपालिका), बिशाल राई (फक्ताङलुङ) र तीर्थराज खतिवडा (मैवाखोला) चयन भए। महिलातर्फ जुना आङबुहाङ, समीक्षा ढुङ्गाना र मैयादेवी थापा चयन भए। खुला सदस्यमा सन्तकुमार लिम्बू, पूजा पालुङ्वा र पद्मा धिताल तथा समावेशी सदस्यमा मुना केरुङ राई र शिवराज गुरुङ चयन भए।

अधिवेशनले राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा निवर्तमान अध्यक्ष शरदराज निरौला, पूर्व जिल्ला अध्यक्ष झनलाल तेम्बे, तुलसीराम पोख्रेल र महिलातर्फ तारा नेपालीलाई चयन गरेको छ। नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष गणेशप्रसाद भण्डारीले उद्घाटन गरेको कार्यक्रममा संगठनका कोशी प्रदेश अध्यक्ष महेन्द्रप्रकाश गौतम, एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सांसद तिलकुमार मेन्याङ्वो, एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष तथा आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन), शिक्षकका पेशागत संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरूले सफलताको शुभकामना दिए। 

प्रकाशित: ३ चैत्र २०८१ ११:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App