८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

दाउन्नेको बाटो भएर आउँदा मेरा साथीको ढाड नै सड्क्यो: दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रको बाटोमा यात्रा गर्दा आफ्ना सहकर्मी बिरामी परेको बताएका छन्।

जागरण अभियानअन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्ला समन्वय समिति निर्वाचन क्षेत्र २ ले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने,'हिजो हामी नवलपरासी पूर्वबाट पश्चिम आउँदा दाउनेमा निकै उफ्टयारो बाटोले हाम्रो साथीहरू बिरामी हुनुभयो। त्यो दाउनेमा गाडीमा उफार्ने र पछार्ने गर्दा ढाड नै सड्क्यो साथीहरूको बिरामी हुनुभयो। हामी त्यो बाटो आउने की नआउने भन्ने भएको थियो। डराएर हामी नहिँड्ने, जनताहरू मात्रै हिँडने नेता नहिँड्ने गर्न हुँदैन भन्ने लाग्यो। त्यो बाटो हिँड्दा जनताहरूले कति समस्या भोगेका छन् थाहा पाउन पनि हामी हिँड्यौँ। गाह्रो त गाह्रो नै थियो।'

प्रकाशित: ३ वैशाख २०८२ १७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App