पूर्वशिक्षामन्त्रीसमेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्री सुमना श्रेष्ठले जारी शिक्षक आन्दोलन जायज रहेको बताएकी छन्।
बुधबार (आज) नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै श्रेष्ठले यस्तो बताएकी हुन्।
'शिक्षकहरू पटक-पटक सडकमा आउनुपर्ने, सरकारले पटक-पटक आश्वासन दिनुपर्ने अवस्था छ। भएकै यही हो। ससम्या पनि यही हो,' उनले भने, 'त्यसैले शिक्षकहरूको आन्दोलन र माग जायज छ।'
ऐन नै ०२८ सालको पञ्चायतकालीन रहेको उल्लेख गर्दै उनले शिक्षा ऐन नल्याइकन समस्या समाधान नहुने बताइन्।
प्रकाशित: ३ वैशाख २०८२ १९:१६ बुधबार