२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
समाज

विस्का जात्रा सम्पन्न

धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विस्का नखः (जात्रा) बिहीबार सम्पन्न भएको छ।

नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्ष झैँ यस वर्ष पनि चैत मसान्तदेखि वैशाख ४ गतेसम्म विस्का नखः (जात्रा) चलेको थियो।

यही वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दूर जात्रा गरी औपचारिक रुपमा विस्का जात्रा सुरु भएको थियो।

वैशाख २ गते टोखा नगरपालिका–२ गणेशस्थान थलागटोलमा सिन्दूर जात्रा गरेर नगर परिक्रमा गरी रथलाई सोही दिन माथिल्लो लाछीमा लगेर बिसाइएको थियो।

यस्तै, वैशाख ३ गते माथिल्लो लाछीमा सिन्दुर जात्रा गरेर उठाइएको रथ हासलटोलमा लगेर बिसाइएको थियो। रथयात्रालाई गुठी, गुठियारको घरमा लगेर बाली उठाउने गरिन्छ।

अनी हासलटोलमा राखेर रथको पूजा गर्ने चलन छ। रथलाई हासलटोलबाट उठाएर सरस्वती चौरको पोखरीमा स्नान गराई इन्द्रायणी मसानकाली परिक्रमा गराएर सानो लाछीमा लगेर बिसाइएको थियो।

यस्तै, वैशाख ४ गते सानोलाछीबाट सिन्दूर जात्रा गरी गछेटोलमा लगेर रथ बिसाइएको थियो।

उक्त स्थानमा बिसाएको रथलाई विधिवत रुपमा पूजासहित सिन्दूर जात्रा गरेर विभिन्न खलःको उपस्थितिमा नगरपरिक्रमा गराई आआफ्नो देवालयमा भित्र्याउने चलन छ।

जात्राका अवसरमा आज टोखा नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो।

प्रकाशित: ४ वैशाख २०८२ २१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App