२६ पुस २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

भारत सरकारको सहयोगमा बनेको विद्यालय भवन हस्तान्तरण

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको बागलुङस्थित भीमगिठे माध्यमिक विद्यालयको विद्यालय भवन हस्तान्तरण भएको छ ।  

मंगलबार जिल्ला समन्वय समिति, बागलुङका प्रमुख अमर बहादुर थापा, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाश कुमार सिंहले संयुक्तरुपमा विद्यालय व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।  

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग अन्य सहयोगी संरचनासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो र जिल्ला समन्वय समिति, बागलुङमार्फत कार्यान्वयन गरिएको थियो ।  

प्राथमिक विद्यालयका रुपमा सन् १९५८ मा स्थापना भएको उक्त विद्यालय सन् १९६८ मा निम्न माध्यमिक विद्यालयका रुपमा स्तरोन्नत भएको हो । पछि सन् १९८८ मा यो विद्यालय माध्यमिक तहमा स्तरोन्नती भएको हो । विद्यालयले कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएको छ । विद्यालयमा करिब ७०० जना विद्यार्थीहरु अध्ययनरत छन् जसमा ५४ ५ छात्राहरु रहेका छन् । 

प्रकाशित: २३ पुस २०८१ १९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App