२१ पुस २०८१ आइतबार
image/svg+xml
शिक्षा

जाडो बढे पछि कपिलवस्तुका ५ पालिकाका विद्यालय बन्द

केही दिन यता शीलहर, बाक्लो हुसुसँगैचलेका सिरेटाले जाडो बढे पछि कपिलवस्तुका ५ पालिकाका विद्यालय बन्द गरिएको छ। 

कपिलवस्तुको शिवराज र कपिलवस्तु नगरपालिका तथा सुद्धोदन, मायादेबी र यशोधरा गाउँपालिकामा एक देखि दुई साता विद्यालयमा बिदा गरिएको हो। ती पालिकाले सार्वजनिक सूचना जारी गर्दै विद्यालयमा जाडो बिदा दिएको जनाएका छन्। 

कपिलवस्तु र शिवराज नगरपालिका तथा यशोधरा गाउँपालिकाले पुस २१ देखि माघ ४ गते सम्म, सुद्धोदनले पुस २९ गते सम्म, मायोदेबीले माघ ८ गते सम्म बिदा गरेको सूचना जारी गरेका हुन । चिसो र शितलहरले पठनपाठनमा समस्या आएको भन्दै विद्यालयमा बिदा गरिएको कपिलवस्तु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद ज्ञवालीले बताए। जाडो र शीतलहरूलाई मध्यनजर गर्दै बिदा गरिएको सुद्धोदन गाउँपालिका प्रमुख कमलेश शरण चौधरीले बताए।

जाडोले गर्दा प्राविमा पढ्ने स–साना बिद्यार्थीहरु बढी प्रभावित बनेका थिए। जाडोले गर्दा बिद्यार्थीहरुको न्यून उपस्थितिले गर्दा पठनपाठन समेत प्रभावकारी हुन नसकेको शिक्षकहरू बताउँछन्। ‘स–साना विद्यार्थी लुगलुग काम्ने, रुघाखोकी र ज्वरोले प्रभावित हुन थालेका थिए ’ शिक्षकहरू भन्छन्। यता जाडो बढे पछि कपिलवस्तुमा जनजीवन प्रभावित हुँदै आएको छ। 

प्रकाशित: १९ पुस २०८१ १४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App