२३ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

नन्दबहादुर पुन उर्फ माओवादी उपाध्यक्ष !

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक जारी छ। जहाँ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी छन्। आइतबार (आज) बाट काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा पुन पार्टी उपाध्यक्षहरूकै आसनमा छन्। 

बीचमा अध्यक्ष पुष्पकमल दाहाल छन्। दाहालको दायाँतर्फ क्रमश: वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा र अर्की उपाध्यक्ष पम्फा भुसाल छन् भने बायाँतर्फ उपाध्यक्ष कृष्णबहादुर महरा छन्। लगत्तै त्यही लाइनमा पूर्वउपराष्ट्रपति पुन छन्। उनको अगाडि 'उपाध्यक्ष' नै लेखिएको छ। त्यसपछि महासचिव देवप्रसाद गुरुङ छन्।

त्यसो त पार्टी सदस्यता त्यागेर दुई कार्यकाल उपराष्ट्रपति बनेका पुन पछिल्ला माओवादी केन्द्रका बैठकहरूमा सहभागी हुँदै आएका छन्। उनी गत मंसिर २० गते खुमलटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा सर्वप्रथम आधिकारिक रूपमा सहभागी भएका थिए। त्यसयता बसेको सचिवालय, स्थायी समिति हुँदै केन्द्रीय समितिमा पनि पुन सहभागी भएका हुन्।

उसो त गत मंसिर २० गते बसेको पदाधिकारी बैठकमा बोलाउँदा अध्यक्ष दाहालले उपाध्यक्ष बनाउने आश्वासन दिएका थिए। त्यहीनअनुरूप आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा उनलाई उपाध्यक्षको लाइनमा आसन दिइएको हो।

पुन: सक्रिय पार्टी राजनीतिमा सक्रिय हुने कुरामा स्वयम् पुनकै पनि चाहना छ। मंसिर २० कै पदाधिकारी बैठकमा उनले 'पार्टीमा मेरो जिम्मेवारी के ?' भनेर जिज्ञासा राखेका थिए। त्यसअघि मंसिर १९ गते मात्रै व्यवस्था रक्षाका लागि आफू पुन: रातो मान्छे भएर उभिन तयार रहेको बताएका थिए।

जसै अध्यक्ष दाहाल पनि पुन पुन: पार्टी राजनीतिमा सक्रिय बनून् भन्ने चाहन्छन्। कतिपयले त अध्यक्ष दाहालले पार्टीभित्रको गुटलाई 'काउन्टर' दिनका लागि पनि उनलाई पार्टीमा सक्रिय गराउन चाहेको रूपमा व्याख्या गर्छन्।

फेरि के भनिन्छ भने पार्टीभित्र दुई उपमहासचिवहरू जनार्दन शर्मा र वर्षमान पुनसँग सशक्त गुट छ। कतिपयले भने उनीहरूको गुटलाई काउन्टर दिनका लागि अध्यक्ष दाहालले पूर्वउपराष्ट्रपति पुनलाई पार्टी राजनीतिमा सक्रिय गराउन चाहेको रूपमा बुझेका छन्।

जे होस्, आधिकारिक रूपमा घोषणा नभए पनि जारी केन्द्रीय समितिको आसनअनुसार पुन पार्टी उपाध्यक्ष नै हुन्। अर्कोतर्फ, उपराष्ट्रपति जस्तो सम्मानित र महत्त्वपूर्ण पदमा पुगिसकेको व्यक्ति पुन: सक्रिय पार्टी राजनीतिमा फर्किँदा त्यस पदको उपहास हुने भन्दै विरोध सुरु भएको छ।

यो पनि पढ्नुहोस्

दाहालकै चाहनामा सक्रिय राजनीतिमा फर्किँदै पूर्वउपराष्ट्रपति पुन !

प्रकाशित: २१ पुस २०८१ १६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App