२० असार २०८१ बिहीबार
image/svg+xml
शिक्षा

सामाजिक अनुसन्धान विषयमा मदन भण्डारी कलेजद्वारा तालिम आयोजना

मदन भण्डारी मेमोरियल कलेजले सामाजिक अनुसन्धानु विषयमा ३ दिने तालिम सम्पन्न गरेको छ । कलेज अन्तर्गत विभिन्न संकायका शिक्षक तथा कर्मचारीहरूका लागि उक्त तालिम आयोजना गरिएको हो ।  

विभिन्न विधामा अध्ययन सामग्रीहरूको जर्नल श्वेत शार्दूल प्रकाशित गर्दै आएको कलेजले विश्व विद्यालय अनुदान आयोगको सहयोगमा उक्त तालिम सञ्चालन गरेको थियो ।  

कलेज प्रमुख डाक्टर बाबुराम अधिकारीले मदन भण्डारी कलेज अन्तर्गत विभिन्न संकायका सदस्यहरूलाई अनुसन्धानमूलक काममा थप दक्ष बनाउँदै लैजाने उद्धेश्यकासाथ तालिम आयोजना गरिएको बताए ।  

तालिममा सहभागीहरू । तस्बिर: मदन भण्डारी कलेज

विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर देवराज अधिकारीले विश्व विद्यालय अन्तरगतका आङ्गिक कलेजहरूमा अनुसन्धान गर्ने र प्रकाशन गर्ने परिपाटीमा कमी देखिएको र त्यसको विकासको लागि आयोगले अनुदानको व्यवस्था गर्दै आएको बताए ।  

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्वराजदूत महेन्द्रबहादुर पाण्डेले तालिम पश्चात मदन भण्डारी कलेजका सहभागीहरूले अन्य कलेजहरूद्वारा भविष्यमा आयोजना हुने तालिममा श्रोतव्यक्तिका रूपमा काम गर्न सक्षम हुने विश्वास व्यक्त गरे । पाण्डेले अध्ययन अनुसन्धान मानिसका लागि कहिल्यै अन्त्य नहुने प्रकृया भएको धारणा राखेका थिए ।  

तालिममा प्राध्यापक डाक्टरहरू प्रेमसागर चापागाइँ, योगेन्द्र गुरूङ, ध्रुव कार्की, ताराप्रसाद भुषाल र विनोद पोखरेल त्यसैगरी, डाक्टर भीमलाल गौतम र डाक्टर अञ्जय मिश्रले सहजीकरण गरेका थिए ।  

प्रकाशित: १३ जेष्ठ २०८१ १३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App