१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

सिद्धेश्वर महादेव माविका छात्रामा अनौठा लक्षण

बाँकेको राप्ती सोनारी गाउँपालिका १ कुसुमस्थित सिद्देश्वर महादेव माविका छात्रामा अनौठा लक्षण देखिएका छन्। कक्षा ७ मा पढ्ने ४ जना र कक्षा १० मा पढ्ने एकजना छात्रामा चिच्याउने, बर्बराउने, अर्धअचेत हुने, मुर्छा पर्नेलगायतका लक्षण देखिएको हो। विद्यालयका प्रधानाध्यापक आदित्य जिसीले पाँचजना छात्रामा अनौठो लक्षण देखिएको जानकारी दिए।  

छात्रामा यस्ता लक्षण देखिएपछि आइतबार विद्यालयको पठनपाठन प्रभावित भएको छ। छात्रामा देखिएको लक्षण र उपचारका विषयमा राप्ती सोनारी गाउँपालिका कार्यालयलाई समेत जानकारी गराइसकेको प्रअ जिसीले बताए।

’डाक्टर सावहरु आएर पनि उपचार गर्नु भयो’, उनले भने। जिसीका अनुसार विद्यालयका एकजना छात्रामा गत शुक्रबार पनि यस्तै लक्षण देखिएको थियो। तर यसलाई विद्यालयले सामान्य रूपमा लिएको थियो। आइतबार भने एकैपटक पाँचजना छात्रामा देखा परेपछि होस नै उडेको शिक्षकहरु बताउँछन्।

’गत शुक्रबार पनि एकजना छात्रामा मात्रै चिच्याउने, बर्बराउने, अर्ध अचेत हुने, मुर्छा पर्ने समस्या देखिएको थियो, अहिले त एकैपटक पाँचजना छात्रामा देखियो’, प्रअ जिसीले भने। उक्त विद्यालय बाँके र दाङको सिमा क्षेत्र शिवखोला नजिक पर्दछ।  

स्थानीय समाजसेवीसमेत रहेका विद्यालयका पूर्वप्रधानाध्यापक रुद्रबहादुर ओलीले छात्रामा देखा परेको अनौठो लक्षणले विद्यार्थी, अभिभावक तथा शिक्षकमा त्रासको वातावरण सिर्जना गरेको बताए।

प्रकाशित: ६ फाल्गुन २०८० १२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App