१० असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

मध्यपश्चिम विश्वविद्यालयले पनि माग्यो उपकुलपति

मध्यपश्चिम विश्वविद्यालयले पनि उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले शुक्रवार एक सूचना जारी गर्दै उपकुलपतिका लागि पहिलो पटक दरखास्त आह्वान गरेको हो।

इच्छुक तथा योग्य व्यक्ति यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र विश्वविद्यालय अनुदान आयोग, आयोगका अध्यक्षको सचिवालय, सानोठिमी, भक्तपुरमा कार्यालय समयमा दरखास्त पेस गर्न आह्वान गरेको छ।

यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट तथा विश्वविद्यालय अनुदान आयोगको वेबसाइटमा यही सूचनासँगैको कार्यविधिमा उल्लेख कागजातसहित अनुसूचीमा रहेको ढाँचामा दरखास्त दिन आह्वान गरिएको छ।

समितिले छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८० अनुसार दरखास्त आह्वान गरेको जनाएको छ।

प्रकाशित: २६ माघ २०८० ०९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App