२९ माघ २०८२ बिहीबार
image/svg+xml
खेल

वर्षा बाधक बन्दा खेल रद्द, नेपाल फाइनलमा

चारदेशीय टी–२० क्रिकेट सिरिजमा नेपालले अपराजित यात्रा कायम राख्दै फाइनलमा स्थान पक्का गरेको छ।

शुक्रबार हङकङसँगको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द हुँदा नेपाल समूह विजेता बन्दै उपाधि भिडन्तमा पुगेको हो।

घरेलु टोली हङकङले टस जितेर ब्याटिङ थालेको खेलमा नौ ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाइसकेको थियो। तर त्यसपछि आएको झरीले खेल अवरुद्ध गर्‍यो र अन्ततः रद्द भयो।

खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडे। यसैसाथ नेपालले तीन खेलमा पाँच अंक जोड्दै समूहको शीर्ष स्थान पक्का गर्‍यो।

अब नेपालले फाइनलमा कुवेतसँग आइतबार उपाधिका लागि भिड्नेछ। कुवेत समूह उपविजेता बनेर फाइनलमा पुगेको हो। लिग चरणमै नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको थियो।

तेस्रो स्थानका लागि हङकङ र कतारबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ३० चैत्र २०८१ १४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App