१४ असार २०८१ शुक्रबार
image/svg+xml

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्षद्वारा शपथ

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष सरोज खनालले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज मुख्यमन्त्री जोखबहादुर महराले शपथ गराएका हुन ।

लोकसेवा पढाउँदै छत्रदेव गाउँपालिका

जिल्लाको छत्रदेव गाउँपालिकाले ५२ जनालाई निःशुल्क रूपमा लोकसेवा आयोग परीक्षा तयारी कक्षा सञ्चालन गरेको छ।

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिएर स्वदेश फर्केका छन्।

भारतमा आज तेस्रो चरणको निर्वाचन, केन्द्रीय गृहमन्त्रीदेखि यी दिग्गज नेता मैदानमा

भारतीय चुनाव आयोगका अनुसार आज ८३ लोकसभा क्षेत्रमा मतदान हुन लागेको छ। जसमा १७ करोड २४ लाखभन्दा बढी मतदाताले भाग लिनेछन्।

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध: सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना प्रवाहलाई प्रभावकारी बनाइ सूचनाको हकलाई नागरिकको दायित्वका रुपमा स्थापित गर्न आवश्यक रहेको बताएकी छिन्।

पोखरा महानगरका इन्जिनियर बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

शिक्षकबाटै रकम असुल्दै भक्तपुरका विद्यालय

भक्तपुरको चाँगुनारायणस्थित सरस्वती माविका प्रधानाध्यापकले शिक्षक सेवा आयोग पास गरेर नियुक्ति लिन आएका माध्यमिक तहका एक शिक्षकलाई स्कुलले माग गरेअनुसार रकम नबुझाएको भन्दै एक महिनादेखि हाजिर गराएन्।

‘नेपालमा श्रमको सम्मान नहुँदा बिदेसिनुपर्ने बाध्यता’

राष्ट्रिय मानवअधिकार आयोगले देशमा श्रमको सम्मान नहुँदा दिनहुँ हजारौं नेपाली कामका लागि बिदेसिन बाध्य भएको जनाउँदै श्रमको सम्मान र श्रमिकको हक अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ।

श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको माग

राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागू गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न सरकार र सम्वद्ध सबै पक्षलाई आग्रह गरेको छ।

भारतीय निर्वाचनको असर हिमाल आरोहणमा

छिमेकी मुलुक भारतमा भइरहेको लोकसभाको चुनावका कारण यस वर्षको वसन्तऋतुमा हिमाल आरोहण गर्नेहरूको संख्या घटेको छ।

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छः मन्त्री यादव

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपालले स्वास्थ्य सेवा प्रणाली सुधारमा सफलता हासिल गरेको बताएका छन्।

नक्कली लाइसेन्स प्रकरणमा अख्तियारका कम्प्युटर इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याललाई प्रहरीले पक्राउ गरेको छ।

लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन दिनु हुँदैन : पूर्वउपाध्यक्ष क्षेत्री

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले लगानी सम्मेलनबाट अपेक्षाकृत उपलब्धि हासिल गर्न लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन नदिन सरकार सजग हुनुपर्ने बताएका छन्।

तत्कालीन उपाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी एकडारा गाउँपालिका– १ मा सडक ढलानका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन उपाध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्