२० पुस २०८२ आइतबार
image/svg+xml
शिक्षा

हावाबाट बिजुली निकाल्न सम्भाव्यता अध्ययन सुरु

भक्तपुरमा हावाबाट बिजुली निकाल्ने सम्भाव्यता अध्ययन थालिएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रभित्र वडा नं. १ देखि ९ सम्मका विभिन्न ठाउँमा हावाको गति नाप्ने काम सुरु गरिएको छ।

यसका लागि जापानस्थित जापान इनर्जी सेफ्टी एसोसिएसन (जेइएसए)का इन्जिनियरिङ एडभाइजर एचुई किरिहाराले आवश्यक सामग्री दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीलाई हस्तान्तरण गरेका हुन्।

कलेजमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई प्रेरणा दिई उनीहरूबाट पनि यस्ता प्रविधिको विकासका लागि सहयोग होस् भन्ने हेतुले कलेजले काम थालेको हो। यसका लागि ‘हावा इनर्जी डेभलपमेन्ट ग्रुप’ गठन गरिएको छ।

कलेजका प्राध्यापक दिनेशप्रसाद गुरागाईंको अध्यक्षतामा कलेजका सिभिल, कम्प्युटर, इलेक्टिकल एन्ड इलेक्ट्रोनिक्स, इलेक्टिकल एन्ड कम्युनिकेसनलगायतका विभागका एक एकजना प्राध्यापक सदस्य रहनेगरी समिति गठन गरिएको हो।

‘हावा इनर्जी डेभलपमेन्ट ग्रुप’का अध्यक्ष दिनेशप्रसाद गुरागाईंले जापानीहरूको प्राविधिक सहयोग तथा कलेजको व्यवस्थापनमा काम थालिएको बताए।

‘पहिलो चरणमा चाँगुनारायण नगरपालिकाभित्रका विभिन्न ठाउँमा हावाको गति नाप्ने काम गर्ने योजना छ,’ उनले भने। नगर क्षेत्रका विभिन्न भवनको छतमा एउटा एन्टेनामा हावा चल्दा घुम्ने गरी मिलाइएको एउटा बाकसजस्तो सामान राखिने छ ।

प्रकाशित: १७ पुस २०८० ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App