२२ असार २०८१ शनिबार
image/svg+xml
शिक्षा

मंगलबारको मन्त्रिपरिषद् बैठकले शिक्षा ऐनलाई संसदमा पठाउँछः मन्त्री राई

फाइल तस्बिर

शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री अशोककुमार राईले आगामी मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐनलाई संसदमा पठाउने बताएका छन्।   

आइतबार समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री राईले मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर संसदमा पठाउने बताएका  हुन्।  

उनले सो ऐनले माध्यामिक शिक्षा सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिएको उल्लेख गरे। त्यस्तै शिक्षण पेशालाई सम्मानजनक र गुणात्मक बनाउनेगरी आएको पनि उल्लेख गरे। उनले ऐनले संविधानको व्यवस्था अनुरुपको निःशुल्क र अनिवार्य शिक्षालाई कार्यान्वयनको सुनिश्चितताको लागि प्रयास गरेको पनि बताए। 

उनले भने, ‘आउने मंगलवारको मन्त्रिपरिषद् बैठकमा जाने कुरा सुनिश्चित गरेर म यहाँहरुको बीचमा आएको छु। धेरै खाले समस्याहरुलाई नाघ्दै नाघ्दै अब त्यो संसदमा प्रवेश पाउने ठाउँसम्म पुगेको छ। जसले स्थानीय तहलाई माध्यामिक शिक्षा सञ्चालन गर्ने अधिकार दिनका साथसाथै शिक्षण पेशालाई सम्मानपूर्ण, सम्मानजनक बनाउनका साथसाथै त्यसलाई गुणात्मक बनाउने र संविधानमै व्यवस्था गरिएको निःशुल्क र अनिवार्य शिक्षालाई कार्यान्वयन गर्ने आधारहरु खडा गर्ने सुनिश्चितता गर्ने प्रयास गरिएको छ। यस आधारमा यो ऐन ड्राफ्ट भएर संसदमा जाँदैछ। र स्वभाविक हिसावले संसदले त्यसलाई आवश्यकता अनुरुप अझै परिमार्जन गर्नेछ। अझै छलफल गर्दै त्यसलाई संशोधन गर्ने कुरा गर्नेछ त्यो संसदको सार्वभौम अधिकारको कुुरा रह्यो। अब मेरो कार्यसूचीमा स्वभाविक हिसावले उच्च शिक्षा सम्बन्धी छाता ऐन परेको छ। मेरो प्राथमिकतामा। र उच्च शिक्षा सम्बन्धी छाता ऐन आउने शिलशिलामा स्वभाविक हिसावले उच्च शिक्षामा देखा परेका समस्याहरु, देखा परेका विकृतिहरु, संशोधन, परिमार्जन गर्नुपर्ने विषयवस्तुहरुलाई पनि त्यसमा हल दिने, सम्बोधन गर्ने, समाधान दिने प्रयत्न गर्नेछु।’

प्रकाशित: १४ श्रावण २०८० १२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App