२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

अस्पतालका प्रध्यापकहरु आन्दोलित, सेवा बन्द गर्ने चेतावनी

प्रतिष्ठानका प्रध्यापकहरु आन्दोलित। तस्बिर: नागरिक।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रध्यापकहरु आन्दोलित भएका छन्।

प्रध्यापकहरुले विभिन्न समयमा स्थायित्वका लागि ज्ञापन पत्र दिएता पनि बेवास्ता गरिएको भन्दै हातमा कालो पट्टी बाधेर उनीहरु आन्देलमा उत्रिएका हुन्।

बिहानै देखी आन्दोलन बसेका उनीहरुले आफ्नो माग सम्बोधन नभए आकस्मिक बाहेक अन्य सबै सेवाहरु बन्द गर्ने चेतावनी दिएका छन्। 

उनीहरुले पहिलो चरणमा असार १७ गते देखि २३ गते सम्म कालो पट्टी बाँधेर सेवा सुचारु गर्ने, साउन ६ गते सम्म तालाबन्दी सहित रिले अनशन बस्ने, र ६ गते देखि अनिश्चित कालिन आकस्मिक सेवा बाहेक अन्य सेवाहरु बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्।

प्रतिष्ठानका चिकित्सकले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, 'यस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल करारमा कार्यरत सम्पूर्ण संकायका अध्यापक, प्रध्यापकहरुले संस्थाको स्थायित्वका लागि प्रशासनमा २०८० जेठ १५ गते ज्ञापन पत्र बुझाइएको, नेपाल सरकारकाका प्रधानमन्त्री समक्ष २०८० जेठ ३ गते दर्ता गरिएको साथै सहकुलपतिलाई समेत ज्ञापन पत्र बुझाएका छौ। यसका साथै विभिन्न समयमा उपकुलपति, रजिष्ट्रारको कार्यालय, निर्देशक तथा डिनको कार्यालयमा माग बुझाइएको र जिल्ला स्थित स्थानीय प्रशासन, जिल्ला समन्वय समिति, चन्दननाथ नगरपालिकामा समेत ध्यानाकर्षण गरिएको छ।'

चिकित्सहरुले प्रध्यापकहरुको स्थायित्व नभएका कारण प्रतिष्ठानकै स्थायित्वमा चुनौती थपिएको भन्दै स्थायित्वका लागि आन्दोलन थालेका हुन्। प्रध्यापकहरुको आन्दोलनका विषयमा प्राध्यापक डाक्टर शेषानन्द संजेलले यहाँको जनशक्ति स्थायी भएमा मात्र कर्णालीले न्याय पाउने बताए।

प्रध्यापकहरु आन्दोलित भएको विषयमा प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले यो विषय निरन्तर सरकारलाई पहल गरे पनि हाल सम्म पहल नभएको गुनासो गरे।

उनले भने, 'पटक बजेटमा चरम अन्यायमा कर्णाली प्रतिष्ठान परेकोमा सहयोग गर्न नेपाल सरकारलाई अपिल गरे। अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापक र प्राध्यापक मात्रै ८८ जना जना रहेका छन्।'

यो पनि पढ्नुहोस्

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रेक्टरमा डाक्टर धामी

प्रकाशित: १७ असार २०८० १३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App