२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
अपराध

कास्की प्रहरीको सफलता : एकैदिन २७ फरार प्रतिवादी पक्राउ

कास्की प्रहरीले एकपछि अर्को सफलता हासिल गरेको छ।

पोखराका हरेक वडामा स्वीप अप्रेसन चलाएर टोले गुण्डाहरु समात्नेदेखि लागूऔषध कारोबार र प्रयोगकर्ता पक्राउ गरेर सफलता हासिल गरेको कास्की प्रहरीले पछिल्लो पटक एकैदिन २७ फरार प्रतिवादी पक्राउ गरेको हो।

कास्की प्रहरीको सकृयतामा अदालतबाट विभिन्न कसुर सजाय पाएर फरार रहेका २० जना पुरुष र ७ महिलालाई एकैदिन पक्राउ गरिएको हो।

पछिल्लो पटक चेक अनादर कसूरमा सजाय पाएका १२ जनालाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए। त्यस्तै, केही सार्वजनिक अपराध कसूरमा सजाय पाएका ५ जना, अंश मानाचामल सम्बन्धी कसूरका ४ जना, लेनदेन बिगो सम्बन्धी कसूरका २ जना, बैंकिङ कसूरका २ जना, सवारी ज्यान सम्बन्धी कसूरका १ जना र अभद्र व्यवहार सम्बन्धी कसूरका १ जनालाई पक्राउ गरिएको उनले बताए।

उनीहरुबाट ४ वर्ष १५ दिन कैद सजाय भोग्न बाँकी रहेको तथा ४८ लाख एक हजार ८ सय ८० रुपैयाँ जरिवाना असूल उपर गर्न बाँकी रहेको डिएसपी बस्नेतले बताए।

पक्राउ गरिएकाहरुलाई जिल्ला अदालत कास्कीमा बुझाइएको उनले बताए।

प्रकाशित: २ जेष्ठ २०८३ १८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App