४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा शार्क आक्रमण बढ्दै, समुन्द्रमा जाँदा सावधानी अपनाउन आग्रह

पश्चिमी अस्ट्रेलियामा शनिबार सेतो शार्कले एक जना व्यक्तिलाई आक्रमण गर्दा  पिडितको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै एएफपीले जनाएको छ।

पर्थ सहर नजिकैको रोटनेस्ट टापुबाट बिहान १०ः०० सार्कले आक्रमण गरेको प्रहरीले जनाएको छ। पिडित व्यक्तिलाई उद्धार गर्न सम्भव नभएको अष्ट्रेलियाली प्रहरीले जनाएको छ।

यो घटना पछि मानिसहरुलाई सामन्द्रिक पर्यटकीय गन्तव्य क्षेत्र वरपरको पानीमा जाँदा ‘अतिरिक्त सावधानी’ अपनाउन आग्रह गरिएको छ।

सन् १७९१ देखि अष्ट्रेलियामा लगभग एक हजार ३०० शार्क आक्रमणमा घटनाहरू भएका छन्,। जसमा २६० जना भन्दा बढीको मृत्यु भएको जनाइएको छ।

यस अघि गत जनवरीमा  सिड्नी हार्बरमा शार्कले आक्रमण गर्दा एक जनाको मृत्यु भएको थियो।

यो आक्रमणसँगै दुई दिनको अवधिमा चार वटा घटना रेकर्ड गरिएको थियो, जसको कारण समुन्द्र तटका सहरका दर्जनौँ पर्यटकिय क्षेत्रहरुमा उच्च सतर्कता अपनाउनुको साथै केहि बन्द गर्न बाध्य पारेको अधिकारीहरूले  जनाइएका छन्।  

सहरमा हालै शार्क सँग सम्बन्धित घटनामा मृत्यु भएको यो तेस्रो घटना हो।

अस्ट्रेलियाका वैज्ञानिकहरूले बढ्दो भीड–भाडयुक्त वातावरण र पानी बढ्दो समुद्री तापक्रमले शार्कलाई प्रभावित गरिरहेकोले आक्रमणमा वृद्धि भएको बताएका छन्।

प्रकाशित: २ जेष्ठ २०८३ १७:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App