कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ। शुक्रबार नेप्से १.७७ अंक बढेर २७३१.९४ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.३४ अंक, फ्लोट इण्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंक बढेको छ।
नेप्से बढेपनि कारोबार रकममा भने २० करोडले घटेको छ । आज ३३८ स्टकको ४३ हजार ६७४ पटकको कारोबारमा ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार रुपैयाँबराबरको ७९ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बिहीबार नेप्सेमा ३ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको थियो।
शुक्रबार ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को मूल्य ७.७१ प्रतिशत र मोदी इनर्जीको शेयरमूल्य ५ प्रतिशतले बढेको छ। यूनियन हाइड्रोपावरको शेयरमूल्य भने १४.७९ प्रतिशत र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको यूनियन हाइड्रोपावरको ३० करोड ६६ लाख ४९ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। अपि पावर कम्पनीको करिब साढे ११ करोड र रिलायन्स स्पिनिङ्ग मिल्सको साढे ८ करोड रुपैयाँको कारोबार भयो।
शुक्रबार १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो।
प्रकाशित: १ जेष्ठ २०८३ १५:३८ शुक्रबार





