coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

डनबोस्को कलेज र आइएमसीबीच सहकार्य

काठमाडौंको डनबोस्को कलेज र आइएमसी अष्ट्रियाबिच सहकार्य हुने भएको छ।

अनुसन्धान र अध्ययनको क्षेत्रमा रणनीतिक साझेदारी स्थापना गर्न  डनबोस्को कलेज र आइएमसी अष्ट्रियाबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा आइएमसी विश्वविद्यालयका प्राध्यापक हेन्ज बोयर र केडीबीसीका निर्देशक श्री कपिलदेव रेग्मीले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन्।

समारोहमा बोल्दै प्रा.बोयरले विद्यार्थीहरू आदानप्रदान गर्नका लागि नेपाली संस्थाहरूसँग सहकार्य निर्माण गर्ने र उनीहरूलाई अस्ट्रिया र नेपाल दुवै तर्फका सिकाइ अवसरहरूको अन्वेषण र उपयोग गर्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिए।

यस सम्झौताले डनबोस्को कलेज र आइएमसी विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण र विश्वव्यापी संलग्नताको प्रतिबद्धतालाई अझ सुदृढ पार्ने विश्वास गरिएको छ।  

प्रकाशित: १४ जेष्ठ २०८० ०६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App