२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
अर्थ

हुरीले दुई बिघाको केराखेतीमा क्षति

फाइल तस्विर

यही वैशाख २० गतेको ठूलो हावाहुरीले घोराही उपमहानगरपालिका–१२ मा लगाएको दुई बिघा केराखेतीमा क्षति गरेको छ ।

घोराही–१२ रतनपुरमा हुमबहादुर केसीले लगाएको दुई बिघाको केरा हावाहुरीले पूर्ण रूपमा नष्ट गरेको छ । बिक्रीका लागि तयार हुँदै गरेको केरा हावाहुरीका कारण नष्ट भएको उनले बताए । 

माध्यामिक विद्यालय हापुर रतनपुरको १० बिघा जग्गा भाडामा लिएर पाँच वर्षदेखि व्यावसायिक रूपमा कृषिकर्ममा लागेका केसीले बिमा नगरेका कारण ठूलो नोक्सानी बेहोर्नु परेको हो । चार बिघामा केरा लगाएका केसीको दुई बिघाको केरा पूर्ण रूपमा नष्ट भएको छ भने दुई बिघामा रहेको केरामा आंशिक क्षति पुगेको छ ।  

केसीले भाडामा लिएको १० बिघामध्ये चार बिघामा केराखेती, तीन वटा खोरमा तीन हजार ब्रोइलर कुखुरापालन र अन्य जग्गामा मकै खुर्सानीलगायत खेती गर्दै आएका छन्।  

जापानको चार वर्षको बसाइँ छाडेर स्वदेशमै केही गर्ने उद्देश्यले व्यावसायिक रूपमा कृषिकर्ममा जोडिएका केसीले चार जना स्थानीयलाई रोजगारीसमेत दिएका छन् ।  

प्रकाशित: २३ वैशाख २०८३ १६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App