१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

दसैंमा पर्यटक भिसा खुला रहने

फाइल।

अध्यागमन विभागले बडादसैंको बिदामा पनि पर्यटक भिसा शाखा खुला रहने जनाएको छ।

विभागले विज्ञप्ति जारी गर्दै विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरु खुला रहने जानकारी गराएको हो।

असोज १६ गते विजयदशमीको दिन बाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पर्यटक भिसा सेवा उपलब्ध गराइने विभागले उल्लेख गरेको छ।

नेपाल पर्यटन बोर्डले पनि पर्यटक आवागमनलाई सहज तुल्याउन आफ्नो सेवालाई निरन्तरता दिने भएको छ।

बोर्डले विदेशी पर्यटकलाई सेवा उपलब्ध गराउन दसैंअवधिभर छुट्टै सेल गठन गरी निश्चित कर्मचारी खटाएर सेवा दिने जनाएको छ।

प्रकाशित: ९ आश्विन २०८२ १५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App