२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

ठूला पूर्वधार निर्माणका लागि वैकल्पिक वित्त परिचालन हुने

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्गलगायत पूर्वाधारका ठूला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने बताएका छन् ।  

प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी सांसदहरुले राख्नु भएको प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैकल्पिक विकास कोष उर्जा विकास, विद्युत उत्पादन, विद्युत प्रसारण तथा वितरणमा परिचालन हुने बताए । यस्तै सडक निर्माण, सुरुङ मार्ग निर्माण तथा विस्तार, औद्योगिक विकास पूर्वधार निर्माणमा परिचालन गरिने पनि जानकारी दिए ।  

त्यसैगरी शहरी विकास पूर्वधार, डाटा सेन्टरको स्थापना तथा सञ्चालन, केबुलकार, पोडवे निर्माण तथा सञ्चालनमा पनि वैकल्पिक विकास कोषको परिचालन हुने अर्थमन्त्रीको भनाइ छ ।    

अर्थमन्त्री पौडेलले स्वदेश तथा विदेशी लगानीबाट उच्च प्रतिफल दिने ठूला आयोजनाहरुमा लगानी हुँदा पूर्वाधार निर्माणमा स्रोतको कठिनाइको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।  

राष्ट्रिय प्राथमिकताका आयोजनाहरुमा स्रोत जुटाउन, सार्वजनिक पूर्वाधारमा विद्यमान लगानीको खाडल पूर्ति गर्न र परम्परागत वित्तीय स्रोतले धान्न नसक्ने आयोजनाहरुको वित्तीय अन्तर पूर्ति गर्ने उद्देश्यले सरकारले संसदमा वैकल्पिक विकास वित्त परिचाल सम्बन्धि विधेयक पेश गरेको छ । सार्वजनिक ऋणको आकार बढ्दै गएको सन्दर्भमा पूर्वाधार क्षेत्रमा निजी पूँजी आकर्षण गरी सार्वजनिक ऋणमा परेको चाप कम गर्ने, रोजगारी प्रवर्धन, दिगो विकास, पूर्वाधार आयोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्ने लगायतका उद्देश्य  छन् ।

प्रकाशित: ३१ असार २०८२ १८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App