१ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

पर्यटन प्रवर्द्धन गर्न व्यवसायीको साथ खोजिँदै

कोशी पर्यटन वर्ष २०८२ को सचिवालयले पर्यटकीय गतिविधि बढाउने विषयमा काठमाडौंमा छलफल गरेको छ । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको अध्यक्षतामा भएको ‘व्यवसायीसँगको सहकार्य’ विषय अन्तर्क्रियामा काठमाडौंलाई केन्द्र बनाएर पर्यटकीय गतिविधि सञ्चालन गरिरहेका व्यवसायी सहभागी भएका थिए ।  

पर्यटन व्यवसायीले कोशी प्रदेशले पर्यटनको प्रवर्द्धन गर्न चालेको कदमको स्वागत गर्दै आफूहरूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।  

विगतदेखिका सिकाइलाई थप व्यवस्थित गर्दै परिपक्व तवरले प्रवर्द्धनका काम अघि बढाएको भन्दै व्यवसायीले कोशी प्रदेश सरकारको तारिफ पनि गरे । अबक पर्यटनका विविध क्षेत्रमा व्यवसायिक संगठनसँग सहकार्य गर्नुपर्ने बताउँदै व्यवसायीले सरकार र निजी क्षेत्रको हातेमालोले पर्यटकीय गतिविधि बढ्ने अपेक्षा रहेको बताए।  

व्यवसायीले उठाएका प्रश्नको जवाफ दिँदै कोशी पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव इन्द्रप्रसाद सापकोटाले कानूनी अल्झनलाई हटाएँदै पर्यटकीय गतिविधि बढाएर काम गर्न कोशी प्रदेश सरकार तत्पर रहेको बताए । अब थप र व्यवस्थित रुपमा पर्यटकीय गतिविधिका काम गर्न हातेमालो गर्ने सापकोटाले बताए ।  

मन्त्री मण्डलले अन्तरक्रियामा उठेका सवालपछि राजनीतिक, सामाजिक तथा आर्थिक हिसाबले प्रदेशलाई पर्यटनमैत्री बनाउन सबै दत्तचित्त भएर लाग्नुपर्ने बताए ।  

कार्यक्रमका सहभागीलाई स्वागत गर्दै कोशी पर्यटन वर्ष निर्देशक समितिका उपसंयोजक कृष्ण शाहले कोशीमा पर्यटनको सम्भावना, विगतको प्रगति, भइरहेको अभ्यास र आगामी योजना सुनाएका थिए। अर्का उपसंयोजक भवेश श्रेष्ठले भ्रमण वर्षको प्रगतीसँगै काठमाडौंमा आयोजित अन्तर्क्रियाको उद्देश्य प्रकाश पार्दै सहजीकरण गरेका थिए ।  

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पदाधिकारी पर्यटकीय गतिविधिमा संलग्न संस्थाहरू हान, टान, नाटा, पाटा, नारा एनएमए, नाथम, होटल व्यवसायी महासंघ, पशुपक्षी पर्यटन संघ, पूर्वको मेची क्राउन होटलका प्रतिनिधि सहभागी थिए । त्यस्तै पर्यटन व्यवसायी दीपककुमार महत, चन्द्र रिजाललगायतले सरकारी स्तरबाटै भएको पर्यटकीय प्रवर्द्धनको प्रयासलाई स्वागत गरेका थिए ।  

कार्यक्रमको अवसरमा चीनको छेन्दुमा भएको अन्तराष्ट्रिय ट्रेर्ल प्रतियोगिताको उत्कृष्ठमध्येको एक मुन्धुम ट्रेलको ट्रफी पर्यटन बोडका कार्यकारी सदस्य तथा नाटा केन्द्रीय सदस्य कुमार थपलियाले मन्त्री मण्डललाई हस्तान्तरण गरेका थिए भने कार्यक्रमका सहभागीलाई मन्त्री मण्डलले मायाको चिनो प्रदान गरेका थिए । 

प्रकाशित: २९ मंसिर २०८२ २१:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App