१३ श्रावण २०८३ बुधबार
image/svg+xml
अर्थ

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम उल्लङ्घनकर्ताबाट १२ लाख ९८ हजार रुपैयाँ  राजस्व सङ्कलन गरेको छ। यो रकम गत आर्थिक वर्षमा सङ्कलन गरिएको हो।

उक्त कार्यालयका प्रवक्ता सुरज सिंहका अनुसार गत आवमा १७० ट्रक तथा ट्याङ्कर, १९ बस तथा मिनिबस, ७५४ जिप–कार–भ्यान, ९१ ट्याक्टर, ३५१ मोटरसाइकल र १२३ टेम्पोचालकलाई कारबाही गरिएको हो।

गत आवमा उक्त जिल्लामा ६२ सवारीसाधन दुर्घटनामा परेका तथा तिनमा ३४ जनाको मृत्यु भएको जानकारी दिँदै उनले १७६ जना घाइते भएका बताए।

प्रकाशित: १० श्रावण २०८३ १०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App