फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडमा रूपान्तरण भएपछिको कम्पनीको पहिलो साधारण सभामा श्रावण ३० गते शुक्रबार डिडिआई बैक्वेट बुद्धनगरमा सम्पन्न भएको छ। साधारणसभमा कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गा.पा. वडा नं ६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग) मा निर्माण गरिरहेको आयोजना ४.३ मे.वा. वि.सं. २०८२ पौष अन्तिम सम्ममा सम्पन्न गर्ने जानकारी दिएको छ।
साधारण सभामा आयोजनाको निर्माण सम्पन्न गर्न रु. ९४ करोड लाग्ने अनुमान गरिएकोमा २०८१ साल श्रावण १५ गतेको बाढीको कारणले ४ करोड लागत वृद्धीभई ९८ करोड लाग्ने र जसको ४९ प्रतिशत अर्थात् ४८ करोड स्वपूँजी शेयर धनीहरूबाट र बाँकी ५१ प्रतिशत अर्थात् ५० करोड राष्ट्रिय वाणिज्य बैक लि. बाट ऋण स्वरूप जुटाइएको समेत कम्पनीले जानकारी दिएको छ।
साधारण सभाले कम्पनीको अधिकृत पुँजी ६० करोडमा १० थपगरी ७० करोड पुर्याउने र सोको २५ प्रतिशत अर्थात् १७ करोड ५० लाखको सर्वसाधारणको लागि शेयर निष्कासन गर्ने निर्णय गर्दै सो कार्यान्वयनको लागि सञ्चालक समितिलाई अख्तियारी समेत दिएको छ।
यसैगरी साधारण सभाले वन्डर्स ईनर्जी प्रा. लि. (खिम्ती घ्वाङ्ग खोला ज.वि.आ. ९ मे.वा.) मा रु. ५ करोड लगानी गर्ने प्रतिबद्धता सहित १ करोड र इस्र्टन ईनर्जी प्रा. लि. ( ईर्खुवा खोला ज.वि.आ. १५ मे.वा.) मा रु. १५ करोड लगानी गर्ने प्रतिबद्धता सहित २ करोड ५० लाख गरेको लगानी पारित गर्दै थप लगानी गर्ने समेत निर्णय गर्दै कम्पनीको मुख्य लगानीमा वि.सं. २०९० साल भित्रमा कम्तीमा १०० मे.वा. क्षमताको आयोजना अगाडी बढाउने समेत निर्णय गरेको छ।
साथै कम्पनीको नियमावली कम्पनीमा ५ जना सञ्चालकहरू रहनेमा अगामी कार्यकाल ४ वर्षको लागि संस्थापक (क) समूह बाट ३ जना श्री चन्द्र प्रसाद बास्तोला, श्री प्रकाश चन्द्र दुलाल र श्री कविता अधिकारी लाई चयन समेत गरेको समेत कम्पनीले जानकारी दिएको छ ।
प्रकाशित: १ भाद्र २०८२ ०९:०४ आइतबार





