२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

रौतहटमा धान उत्पादन घट्यो

गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको बाढीले रौतहटमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ। भित्र्याउने बेलाको धान बालीमा वर्षाको बाढी पसेपछि रौतहटमा धानको उत्पादन घटेको हो।  

गत वर्षको तुलनामा यस वर्ष रौतहटमा कूल २१ हजार ५७८ मेट्रिकटन धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिए। उनका अनुसार गत वर्ष जिल्लामा एक लाख १६ हजार ७०८ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष ९५ हजार १३० मेट्रिकटन उत्पादन भएको छ।  

यस वर्ष जिल्लामा ३१ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो भने प्रतिहेक्टर उत्पादन ३ दशमलव ०२ मेट्रिकटन रहेको निमित्त प्रमुख कुर्मीले जानकारी दिए। गत वर्ष रौतहटमा ३५ हजार आठ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। प्रतिहेक्टर उत्पादन ३ दशमलव २६ रहेको थियो। गत वर्षको तुलनामा यस वर्ष प्रतिहेक्टर धान उत्पादन ० दशमलव २४ प्रतिशतले घटेको छ। यस वर्ष कूल २१ हजार ५७८ मेट्रिकटन धान उत्पादन घटेको निमित्त  प्रमुख कुर्मीले बताए।

समयमै वर्षा नहुँदा गत वर्षको तुलनामा यस वर्ष करिब चार हजार ३०० हेक्टर क्षेत्रफलमा कम धान रोपिएको कार्यालयले जनाएको छ। गत असोजमा आएको बाढीले १७ हजार ६३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति पु¥याएको थियो। बकैया र बागमती नदीले तटबन्ध बगाएपछि बाढी खेतमा पस्दा धान बालीमा  क्षति पुर्‍याएको हो। बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधवनारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकामा क्षति पुर्‍याएको थियो।

प्रकाशित: २९ पुस २०८२ ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App