२० मंसिर २०८२ शनिबार
image/svg+xml
अर्थ

अब पाँच लाखकै कारोबार पनि बैंकिङ प्रणालीबाट गर्नुपर्ने

अब पाँच लाख भन्दा माथिका सबै कारोबार बैंकबाट गर्नुपर्ने सरकारले निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य बैंकिङ प्रणालीबाट गर्नुपर्ने सीमा तोक्दै निर्णय गरेको हो।

यसअघि यस प्रकारको सीमा १० लाख रुपैयाँ वा सो भन्दा बढीको कारोबारमा थियो। सरकारले वित्तीय कारोबारलाई औपचारिक प्रणालीमा ल्याउन, कारोबारमा पारदर्शिता अभिवृघि गर्न यस्तो निर्णय गरेको सरकारका एक मन्त्रीले बताए। 

प्रकाशित: १५ मंसिर २०८२ १९:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App