एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् । अग्रवालले व्यक्तिगत कारण देखाउँदै बैंक सञ्चालक समितिको अध्यक्षबाट राजीनामा दिएका हुन् ।
कम्पनीका सचिव कमल खड्का अनुसार अग्रवालले सञ्चालक समेत नरहने गरी राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिको आइतवार बसेको बैठकले उनको राजीनामा स्वीकृत गरिसकेको छ । व्यापार, उद्योग, बैंकिङ, बीमा क्षेत्रमा पाँच दशकभन्दा बढिको अनुभव रहेका अग्रवालको बैंकमा १.७८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
प्रकाशित: ६ पुस २०८२ १५:१८ आइतबार





