२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

मतपेटिका सङ्कलन नहुँदा गोरखा-१ मा मतगणना भएन

प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत गोरखा–१ को मतपेटिका शनिबार मात्र सङ्कलन हुने भएको छ।

सबै मतपेटिका सङ्कलन नहुँदा मतगणना सुरु हुन नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

विशेष गरी उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका कामतदान केन्द्रबाट मतपेटिका आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए।

जिल्लाको चुमनुव्री गाउँपालिकामा कुल २३ वटा मतदान केन्द्र छन्। ती केन्द्रका मतपेटिका शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी थालिएको थियो। तर, खराव मौसमका कारण सबै केन्द्रको मतपेटिका ढुवानी हुन नसकेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए।

“हालसम्म दुई टिप गरेर नौ वटा केन्द्रको मतपेटिका आयो, १४ वटाको अझै बाँकी छ”, उनले भने। नाम्रुङ, प्रोक र सिर्दिवासका मतदान केन्द्रबाट मतपेटिका सङ्कलन हुन बाँकी रहेको उनको भनाइ छ। तल्लो भेगका मतपेटिका भने गएराति नै ढुवानी भइसकेको छ। गोरखा क्षेत्र नं २ मा भने मतगणना सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए।

गोरखा–१ को मतगणना जिल्ला सदरमुकामस्थित जिल्ला समन्वय समितिको भवन र गोरखा–२ को भू तथा जलाधार व्यवस्थापन कार्यालयमा गणना हुने गौतमको भनाइ छ।

प्रकाशित: २२ फाल्गुन २०८२ २३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App