१ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

तीन दिनपछि खुलेको नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकममा भने वृद्धि

लगातार तीन दिनको बन्दपछि सोमबार खुलेको बजार परिसूचकमा सोमबार भारी अंकको गिरावट आएको छ । बिहीबार नेप्से १८.३० अंकले बढेपनि शुक्रबार, शनिबार र आइतबार बन्द रहेको नेप्से सोमबार २७.९० अंकले घटेर २८२२.४६ विन्दुमा झरेको हो ।  

आज सेन्सेटिभ इण्डेक्स ४.७४ अंक, फ्लोट इण्डेक्स २.१० अंक र सेन्सेटिभ इण्डेक्स १.७३ अंकले घटेको छ ।

सोमबार कारोबार रकममा भने वृद्धि भएको छ । बिहीबार ८ अर्ब ५३ करोडको कारोबार भएको बजारमा सोमबार भने झण्डै २ अर्बले बढेको हो । सोमबार ३२४ स्टकको ९८ हजार ५२५ पटकको कारोबारमा १० अर्ब २१  करोड १ लाख ४२ हजार रुपैयाँबराबरको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर खरिदबिक्री भएको छ।  

सोमबार कारोबारमा आएका कम्पनीमध्ये २२० कम्पनीको कारोबार घटेको छ भने ३० वटाको मात्र बढेको छ । 

रिभर फल्स पावरको शेयरमूल्य सर्किट लेभलमा बढेको छ भने पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य ६.८७ प्रतिशतले वृद्धि भयो । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.६४ प्रतिशत घटेको छ ।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको शिवम् सिमेन्ट्स कम्पनीको ५३ करोड ८८ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेसको करिब ४२ करोड ८३ लाख र नेपाल रि इन्स्योरेन्सको कारोबार ३६ करोड ६० लाख रुपैयाँबराबरको कारोबार भयो ।  

सोमबार कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ वटा उपसमूहको परिसूचक बढेको छ भने ११ वटा उपसमूहको परिसूचक घटेको छ । 

प्रकाशित: २६ श्रावण २०८२ १५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App