१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

नेप्सेमा ४४ अंकको सुधार, कारोबार रकम भने घट्यो

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) ४४ अंकभन्दा बढीले बढेको छ। सोमबार गिरावट आएको बजारमा आज भने दोहोरो अंकको सुधार देखिएको हो।

सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ५.१४ अंक, फ्लोट इण्डेक्स २.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९७ अंकले बढेको छ।

नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ। अघिल्लो दिन ६ अर्ब ७० करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा आज ३३० कम्पनीको ४८ हजार ८३६ पटकको कारोबारमा जम्मा ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार रुपैयाँ बराबरको ९९ लाख ४ हजार कित्ता सेयर किनबेच भएको छ।

आज तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

यसैगरी, इमर्जिङ्ग नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्य पनि करिब १० प्रतिशतले वृद्धि भएको छ।

सबैभन्दा बढी गुमाउनेमा भने कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ, जसको सेयर मूल्य ५.२६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३१ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २६ करोड र १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ। सबैभन्दा बढी अन्य उपसमूहको परिसूचक ५.०१ प्रतिशतले बढेको छ।

त्यसैगरी, होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे ३ प्रतिशतले बढ्दा जलविद्युत, लगानी र व्यापार उपसमूहमा २ प्रतिशतभन्दा बढीको सुधार देखिएको छ।

प्रकाशित: २७ आश्विन २०८२ १५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App