५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अर्थ

नेप्से ओरालो लाग्नेक्रम जारी, कारोबार रकम पनि भण्डै दुई अर्बले घट्यो

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार हुन साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३१.१७ अंक घटेर २७४९.८३ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ५.०३ अंक, फ्लोट इण्डेक्स २.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८४ अंकले घटेपछि समग्र नेप्सेमा नकारात्मक गिरावट आएको हो ।  

कारोबार रकम पनि बिहीबारको तुलनामा झण्डै २ अर्बले घटेको छ । नेप्सेमा आइतबार ३२१ स्टकको ९७ हजार १७४ पटकको कारोबारमा ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँबराबरको १ करोड ४८ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बिहीबार नेप्सेमा ८ अर्बभन्दा बढीको कारोबार भएको थियो ।  

आज सबैभन्दा बढी उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.७७ प्रतिशतले बढेको छ भने ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ४५ करोड ४६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। हिमालयन रि इन्स्योरेन्सको करिब २९ करोड र हिमालयन डिष्टिलरीको २६ करोडभन्दा बढीको कारोबार भएको छ ।  

आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

प्रकाशित: १५ भाद्र २०८२ १६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App