चितवन–१०, विमानस्थल अगाडि रहेको सिबिसी प्लाजाबाट अन्तर्राष्ट्रियस्तरको ‘लड्र्स’ होटल र ‘सेल्सबेरी’ स्टोर एकैसाथ सञ्चालनमा आएका छन्। भरतपुर १० स्थित विमानस्थल अगाडि ११ तले कम्प्लेक्समा तीन तलामा सेल्सबेरीको ३८औं शाखाका रूपमा सञ्चालनमा ल्याइएको छ।
होटलमा ५८ कोठा, सभा कक्ष, कन्फ्रेन्स हल, रेष्टुरेन्ट र छिट्टै सञ्चालनमा आउने स्वीमिङ पुल रहने छन्। सेल्सबेरीमा ग्रोसरी, इलेक्ट्रोनिक्स, कस्मेटिक्स, मदिरा लगायत सामग्री उपलब्ध हुने र निकट भविष्यमा कपडा–फर्निचर थपिने आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ।
चितवन विजनेश कम्प्लेक्स होटल प्रा.लि. (सिबिसी) का कार्यकारी अध्यक्ष दिनुप बरालका अनुसार एक अर्ब ६० करोड रुपैयाँको लगानीमा बनेको कम्प्लेक्समा १८ जना स्थानीय व्यवसायीको लगानी रहेको छ। होटलमा पाँच सय क्षमताको सभा कक्ष, एक सय क्षमताको कन्फ्रेन्स हल, ३० जना क्षमताका तीन वटा बैठक कक्ष रहेको छ।
पर्यटक तथा स्थानीय सर्वसाधारणलाई प्राथमिकता दिने गरी होटलको स्थापना गरिएको उनले बताए। दसैं–तिहारमा १५ प्रतिशतसम्म छुट तथा होटलमा सन् २०२५ भरि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
प्रकाशित: ६ आश्विन २०८२ १३:२८ सोमबार





