१ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

जावलाखेलमा घरेलु उद्यम मेलाः ‘लोकल टु ग्लोबल मार्केट’मा पुग्ने उद्घोष

महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले नेपालका घरेलु उत्पादन स्थानीयदेखि विश्वबजारसम्म पु¥याउनसके मनग्य लाभ लिन सकिने बताएकी छन्। ललितपुरको जावलाखेलमा आयोजित ‘घरेलु उत्पादन तथा उद्यमशील मेला’लाई सम्बोधन गर्दै अध्यक्ष ज्ञवालीले यस्तो बताएकी हुन्।  

‘नेपाली घरेलु तथा साना उद्योगका उत्पादन लोकल टु ग्लोबल मार्केटसम्म पुग्नुपर्छ। त्यसमा महासंघ लागिरहेकै छ। सबै सरोकारवालाको ध्यान पनि यतातिर जानुपर्छ,’ अध्यक्ष ज्ञवालीले भनिन्, ‘नेपाली उद्यमीका उत्पादन प्रबद्र्धन गर्न नेपालमा पनि स्वदेशी खाऊँ, स्वदेशी लगाऔँ भन्ने अवधारण फराकिलो पार्नसके राम्रो हुन्छ।’  

नेपाली उद्यमीका उत्पादन डिजिटल प्लाटफर्ममा पुर्‍याउनेदेखि अन्तर्राष्ट्रि मञ्चका प्रदर्शनीमा राख्ने किसिमका गतिबिधिमा महासंघ सक्रिय रहेको उनले बताइन्। कार्यक्रममा मेलाको आयोजक ओमेटो भेन्चर प्रालिका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सागर पोखरेलले निकट भविष्यमा यस्ता प्रदर्शन देशका सबै प्रदेशसम्ममा गर्ने बताए। ‘हाम्रो उद्देश्य युवाहरूलाई उद्यममा आकर्षण गरेर देशमै बस्ने र रोक्ने वातावरण बनाउने हो। त्यसका लागि यस्ता प्रदर्शनीले पनि भूमिका खेल्छन् भन्ने हाम्रो विश्वास छ,’ उनले भने। मेलाको उद्देश्य नेपाली उद्यमीका स्थानीय उत्पादन तथा व्यवसायीहरूको प्रवद्र्धन र प्रोत्साहन गर्नु रहेको उनको भनाई थियो।  

ओमेटो र महिला उद्यमी महासंघको सहकार्यमा यो घरेलु उत्पादन तथा उद्यमशील मेला लागेको हो। एकदिवसीय मेलामा जुम्लादेखि इलामसम्मका घरेलु उद्यमीका २८ वटा स्टल थिए। जसमा महिला उद्यमीहरूको उल्लेखनीय सहभागिता थियो।

यस्तै मेला निकट भविष्यमै देशभका प्रमुख सहरमा गर्ने योजना रहेको आयोजक पक्षले जनाएको छ। सन् २०२६ सम्म देशभर २५ हजार स्वरोजगार तथा उद्यमशील सोच भएका व्यक्ति तयार पार्ने लक्ष्य रहेको ओमेटोका सिइओ पोखरेलले बताए।  

प्रकाशित: २८ मंसिर २०८२ २०:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App