२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अर्थ

सुनचाँदीको मूल्य बढ्यो : आज कतिमा कारोबार हुँदैछ ?

नेपालमा सुनचाँदीको मूल्य बढेको छ। 

मंगलबार सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ बढेर तोलाको ३ लाख १७ हजार  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै चाँदी तोलामा ३१० रुपैयाँ बढेर तोलाको ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी सोमबार ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।  

प्रकाशित: २६ फाल्गुन २०८२ ११:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App